काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन (वाह्यतर्फ) प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ । घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु…
"आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो"Author: लोकनीति अनलाइन
तनहुँ । आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् । यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।
"नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले गरे तनहुँ १ मा मनोनयन दर्ता"काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत प्रतिनिधि सभा चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचित भएका थिए । उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । सोही क्षेत्रबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका…
"रास्वपा सभापति रवि लामिछानेले दर्ता गराए चितवन २ बाट उम्मेदवारी"काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ। मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समयसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।बैठकले बारा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। यसअघि यही चैत १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गरिसकेको…
"कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै"काठमाडौं।पेटमा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ।हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
"राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा"काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले कांग्रेसका ४ जनालाई मन्त्री नियुक्त गरेका छन् ।कांग्रेसको शेखर कोइराला समूहले मन्त्री बन्ने सांसदको नाम नबुझाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट ४ जनालाई मात्र नियुक्त गरेका छन् । शुक्रबार बिहान बसेको कोइराला समूहको बैठकले सरकारमा सम्मानजनक सहभागिता नपाए सहभागी नहुने निर्णय गरेको थियो । कांग्रेसको भागमा परेका ८ मध्ये कम्तीमा ३ मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने उसको अडान छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा…
"कोइराला समूहको असहमतिले सरकार अझै पूर्ण भएन"राजधानीमा जारी त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलका लागि घरेलु टोली नेपाल र लाओस आमने सामने हुने छन् । यो प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि थिए । जसमा नेपालले लओसलाई पराजित गर्दा भुटानसँग बराबरी खेल्दै फाइनल पुगेको हो । लाओसले भने भुटानमाथि जित दर्ता गर्दै नेपालसँग भेट पक्का भएको थियो । नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । अधिकांश सिनियर खेलाडीले टिम छाडेर विदेश पलायन…
" त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल आज ,नेपाल र लाओस भिड्दै"काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनीलबहादुर थापा नियुक्त भएका छन् ।राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए । यस्तै राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार थापाको नियुक्ति बुधबार भएको हो।राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका थिए । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् । राजनीतिक सल्लाहकारमा नियुक्त सुनीलबहादुर थापा कांग्रेस प्रवेश गरेसँगै सहमहामन्त्री बने,र१४औं…
"सूर्यबहादुर थापाका छोरा सुनिल राष्ट्रपतिका राजनीतिक सल्लाहकार"चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने प्रयासमा आफू रहेको बताएका छन् । भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन् ।“आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने मेरो तयारी छ । आज सकिएन भने भोलि बिहान होला,” उनले भने, “काम त हाम्रो सकिएको छ । एक–दुईवटा मन्त्रालय टुंग्याउन थोरै बाँकी छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र पर्न नदिने पनि प्रतिबद्धता जनाएका…
"आजै साँझ वा भोलि बिहानसम्म क्याबनिेट विस्तार हुन्छ:प्रधानमन्त्री"काठमाडौं । नेपाली कांग्रेसले खाली रहेको तनहुँ क्षेत्र नम्बर–१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनका लागि २ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो । नेपाल विद्यार्थी संघको ०५४ सालदेखि ०५७ सालसम्म अध्यक्ष भएर काम गरेका भट्टराई अहिले पार्टीका केन्द्रीय सदस्य छन् । भट्टराई अहिलेसम्म सार्वजनिक लाभको पदमा बसेका छैनन् ।श्रेष्ठ नेविसंघ चितवनका पूर्वअध्यक्ष र कांग्रेसका निवर्तमान जिल्ला सभापपति…
"कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने"




















