तीन दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक, संसदमा आशंका

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मिलित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन । यहि बैठकलाई जोडेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी…

"तीन दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक, संसदमा आशंका"

प्रधानमन्त्री र रवि लामिछाने बिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच बालुवाटारमा भेटवार्ता भएको छ । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् । यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर रास्वपाले सरकार मा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन ।…

"प्रधानमन्त्री र रवि लामिछाने बिच भेटवार्ता"

कतारविरुद्धको खेलमा नेपाल संकटमा,गुल्सान झा बाहिरिए!

एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर ब्याटिंग गरिरहेको नेपाल संकटमा परेको छ ।   १११ रन जोड्दा ९ विकेट गुमाएको नेपाल संकटमा परेको हो । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रोमा भीम सार्की,तेस्रोमा आसिफ शेख ,चौथोमा रोहित पौडेल,पाचौंमा कुशल भुर्तेल, छैटौंमा सोमपाल कामी,सातौंमा आरिफ शेख र आठौंमा दीपेन्द्रसिंह ऐरी नवौमा गुल्सान झालार्ई गुमाएको छ ।  

"कतारविरुद्धको खेलमा नेपाल संकटमा,गुल्सान झा बाहिरिए!"

अयोग्य लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुँदैन :डा.शेखर कोइराला

काठमाडौ । नेपाली काग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पुर्व लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुन नसक्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत  धारणा सार्वजनिक गर्दै डा कोइरालाले बिगतमा क्यान्टुमेन्टमा भएका लडाकुका लागी लिएको पैसाको हिसावकिताव बुझाउन नसक्ने, द्धन्दकालिन समस्याको समाधान नगर्ने अनि पैसा नभएको बेला यसरी पैसा बाँडन लागिएको कामलाई रोक्न सबैमा अपिल गरेका छन् । उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलव र पुर्व शिक्षकको पेन्सन दिन नसक्ने अवस्थाको सरकारले पुर्व…

"अयोग्य लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुँदैन :डा.शेखर कोइराला"

प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई नेताबिच भेटबार्ता भएको हो। भेटघाटमा देशको समसामयिक राजनीतिक समस्याको विषयमा गम्भीरतापुर्वक छलफल भएको बताइएको छ ।बिशेषत ‘समाजवादी मोर्चा ‘ गठनको विषयमा नेताहरू विच सकारात्मक कुराकानी भएको बताईएको छ । भेटघाटको क्रममा नेकपा सम्बद्ध बन्दीहरुको रिहाई र झुटा मुद्धा खारेजीको विषयमा समेत कुराकानी भएको र बन्दीहरू रिहा गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको कुरा महासचिव विप्लवको सचिवालयले जानकारी दिएको छ…

"प्रधानमन्त्री प्रचण्ड र विप्लवबिच भेटवार्ता"

डा. स्वर्णिम वाग्ले तनहुँ -१ मा फराकिलो मतान्तरसहित विजयी 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्। वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५…

"डा. स्वर्णिम वाग्ले तनहुँ -१ मा फराकिलो मतान्तरसहित विजयी "

आठौं पटक मन्त्रिपरिषद् विस्तार,परराष्ट्रमन्त्रीमा एनपी साउद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।नवनियुक्त राज्यमन्त्री नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए । आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।

"आठौं पटक मन्त्रिपरिषद् विस्तार,परराष्ट्रमन्त्रीमा एनपी साउद"

रघुजीको प्रधानमन्त्री हराएको सूचना, रामहरिको प्रतिवाद

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । उनले केही दिनअघि प्रधानमन्त्रीलाई संसद बैठकमा झुलुक्क देखेको र त्यसपछि नदेखिएको भन्दै व्यंगात्मक शैलीमा प्रधानमन्त्रीको खोजीका लागि सूचना प्रस्तुत गरेका हुन् । पन्तले सुनाए को सूचना यस्तो थियो:- नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइ राख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले…

"रघुजीको प्रधानमन्त्री हराएको सूचना, रामहरिको प्रतिवाद"

ब्याजदर एकल अंकमा घटाउने बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ बर्ष देखि लागू हुने गरी निक्षेपको ब्याजदर एकल अंकमा घटाउने भएका छन् । । बुधबार बिहान बसेको बैंकर्स संघको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्ने छ । यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर…

"ब्याजदर एकल अंकमा घटाउने बैंकर्स संघको निर्णय"

नेपाली कांग्रेससँगको वार्ता समाप्त: गोविन्दराज जोशी

कांग्रेसले स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गरेको भन्दै गोविन्दराज जोशी समूहले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ। जोशीले बुधबार विज्ञप्ति निकालेर यो चरणको वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।जोशीले विज्ञप्तिमा नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौं,’ आजदेखि कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणासमेत गर्दछौँ ।’

"नेपाली कांग्रेससँगको वार्ता समाप्त: गोविन्दराज जोशी"