सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मङ्गलवार नेपाली सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । विहानबाटै बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.५९ % (प्रतिशत) ले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो । हिजो सोमबार नेप्से परिसूचक ८.९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो । विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि परिसूचक बढ्न सकेको थिएन…

"सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से"

बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित:प्रतिमा गौतम

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतमले आ।व।२०८१/८२ को बजेटले आर्थिक पुनःसंरचना दिन नसक्ने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद गौतमले बजेट उत्पादनमूलक क्षेत्रमा नभइ निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित रहेको बताएकी हुन् ।“यो सरकारको बजेट हेर्दा हामीले खोजेको आर्थिक समृद्धिभन्दा पनि सीमित व्यक्ति र राजनीतिक चतुर्‍याइँको लागि केन्द्रित भएको देखिन्छ,” उनले भनिन्, “कम्तीमा वित्तीय व्यवस्थापन खर्चभन्दा पुँजीगत खर्च रू एक मात्र बढी भएको…

"बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित:प्रतिमा गौतम"

सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज फैसला आउने सम्भावना प्रवल रहेकोछ ।उच्च अदालत पाटनमा मंगलबार पेसी चढेको उक्त मुद्दामा दिनभरिको सुनुवाइमा पनि वहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइलाइ निरन्तरता दिइएको छ । आज बहस सकिएपछि फैसला आउन सक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थ राज भट्टराईले जानकारी दिए ।  यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला…

"सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउने !"

कांग्रेसले भोलि बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने

काठमाडौं । नेपाली कांग्रेसले भोली मंगलबार बिहानसम्म सरकारका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दिने निर्णय कुर्ने भएको छ । प्रधानमन्त्रीबाट संसदीय समिति गठन गर्ने आश्वासन आएको भन्दै कांग्रेसले भोलि बिहानसम्म पर्खने निर्णय गरेको हो । आज बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री आफ्नो माग का सम्बन्धमा सकारात्मक देखिएकाले भोलि बिहान बस्ने संसदीय दलको बैठकबाट थप निर्णय लिने भन्दै बैठक सकिएको एक नेताले जानकारी दिए । उनले भने, ‘छानबिन समिति बनाउन…

"कांग्रेसले भोलि बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने"

सुस्माले सार्वजनिक गरिन् “पालि खरैको” बोलको लोक दोहोरी

काठमाडौं । गायिका सुस्मा बिसिले पारिवारिक जिवनलाई समेटेर तयार पारिएको आफ्नो लोकदोहोरी गित “पालि खरैको” यूटुव च्यालनबाट सार्वजनिक गरेकी छन् । स्कुले जीवन दैखि नै गित संगितमा रूचि राख्ने गायिका सुष्माले पोखराबाट आफ्नो सांगितिक यात्रा सुरू गरेर लामो समय पोखरामै बिताईन। आफ्नो भविष्य खोज्ने क्रममा काठमाण्डौ छिरेकी उनले धेरै मेहनत र दुःख झेल्दै पछिल्लो समय पारिवारिक जिवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गीत “पालि खरैको” हालै सार्वजानिक गरेकी हुन । यस गितमा चर्चित कलाकार बसन्त…

"सुस्माले सार्वजनिक गरिन् “पालि खरैको” बोलको लोक दोहोरी"

राप्रपाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा तटस्थ बस्ने बताइएको छ । राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीका पक्षमा जम्मा ३० मत मात्र हुने भएको छ । अधिकारीले आजै विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीले विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ निर्णय भएको पुष्टि गर्नुभयो । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद…

"राप्रपाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने"

मतदाताको शिर झुक्न दिन्नःसुहाङ नेम्वाङ

इलाम । इलाम–२ मा नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सुहाङले एक–एक मतको उच्च सम्मान गरेर काम गर्ने प्रतिबद्धता जनाए । मतगणनास्थल गौतमबुद्ध सभागृह सिटी हलमा आयेजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले नेम्वाङलाई प्रमाणपत्र प्रदान गरे । उनले बुबाले देखाएको बाटोमा काम गर्ने बताए ।

"मतदाताको शिर झुक्न दिन्नःसुहाङ नेम्वाङ"

न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको  प्राण: शिब लम्साल

काठमाडौं । सिधा कुरा डटकमले आफ्नो अनलाइन र यूट्यूब च्यानलमा प्रकाशन तथा प्रसारण गरेको समाचारका विषयलाई लिएर सर्वोच्च अदालतले गरेको आदेशप्रति विभिन्न कोणबाट विरोध सुरु भएको छ । सर्वोच्चको सोमबारको आदेशलाई लिएर विभिन्न संस्था ,नागरिक समाज र अधिकारकर्मीहरूले स्वतन्त्र प्रेसका लागि यो दुराशयपूर्ण भएको बताएका छन् । यसै विच नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि सर्वोच्च अदालतको यो फैसला स्वीकार्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अदालतको प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायलाई कुनै…

"न्यायालय लोकतन्त्रको आधार स्तम्भ हो भने स्वतन्त्र प्रेस लोकतन्त्रको  प्राण: शिब लम्साल"