सुस्माले सार्वजनिक गरिन् “पालि खरैको” बोलको लोक दोहोरी

काठमाडौं । गायिका सुस्मा बिसिले पारिवारिक जिवनलाई समेटेर तयार पारिएको आफ्नो लोकदोहोरी गित “पालि खरैको” यूटुव च्यालनबाट सार्वजनिक गरेकी छन् ।

स्कुले जीवन दैखि नै गित संगितमा रूचि राख्ने गायिका सुष्माले पोखराबाट आफ्नो सांगितिक यात्रा सुरू गरेर लामो समय पोखरामै बिताईन।

आफ्नो भविष्य खोज्ने क्रममा काठमाण्डौ छिरेकी उनले धेरै मेहनत र दुःख झेल्दै पछिल्लो समय पारिवारिक जिवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गीत “पालि खरैको” हालै सार्वजानिक गरेकी हुन ।

यस गितमा चर्चित कलाकार बसन्त थापा र सुष्मा बि.सीले आवाज दिएका छन् भने सूर्य कुमार परियार र पूर्ण राज बेलवासेले शब्द र सागर लामाले संगीत भरेका छन ।

गितको म्युजिक भिडियोमा टीका भुजेल र सोविता सिलवालले अभिनय गरका छन ।राजेश घिमिरेले छाँयाङ्कन गरेको म्युजिक भिडियोको निर्देशन जेरी भण्डारीले गरेका हुन्।

गीत टीका भुजेलको अफिसियल यूटुव च्यालनबाट सार्वजनिक गरिएको छ। अन्त्यन्त मेहनतका साथ निर्माण गरिएकाले पनि गीतलाई नेपाली दर्शक स्रोताले मन पराईदिने निर्माण पक्षको विश्वास छ ।