नवरात्रको चौंथो दिन काठमाडौँको शक्तिपीठ नक्साल भगवती मन्दिरमा बिहीबार बिहानदेखि नै पूजाअर्चना गर्न भक्तजनको चहलपहल छ । नक्साल भगवती काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठहरूमध्ये एक शक्तिपीठ मानिन्छ । हरेक वर्ष नवरात्रिमा विशेष पूजा गरिने यस मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ। दशैको अष्ठमीको दिन राष्ट्रपतिले यस मन्दिरको दर्शन गर्ने परम्परा छ ।
"दशैंको चौंथो दिनःनक्साल भगवती मन्दिरमा भक्तजनको चहलपहल"Author: लोकनीति अनलाइन
काठमाडौं ।नेपालीबजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघकाअनुसारबिहीबार सुन प्रतितोलातोलाको एक हजार ७सयले घटेको हो । बिहिबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजोबुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । त्यस्तै, आजचाँदीको मूल्यपनिघटेको छ । आजचाँदीतोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिबुधबार चाँदीतोलाकोदुई हजार ७ सयमा कारोबार भएको थियो ।
"एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य"काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा बैंक र रिसोर्टबीच विशेष सहमति सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी गरेमा छुट प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट सुविधा मात्र नभई देशभर…
"एनआईसी एशिया बैंक र लन्डन ब्रिज गार्डेन रिसोर्टबीच छुट सम्झौता"काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
"राष्ट्रपतिद्वारा मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी"काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना दिवस २८ सेप्टेम्वर २०२५ कार्यक्रममा बोल्दै उनले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् । ‘अहिले पनि सूचनाको कुरामा हाम्रो बुझाइ सबैको फरक छ,’भण्डारीले भनिन्, ‘सूचना भनेको तत्कालै उपलब्ध हुने कुरा हो । तत्काल नहुने भए सात दिनभित्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर अहिलेको चलन भने निवेदन सात दिन थन्क्याएर त्यसपछि…
"सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी"काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
"राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता"काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । गुरुङ सिनेमाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ…
"‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित"काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा…
"मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता"काठमाडौँ । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म राजनीतिक विषयमा बनेको प्रष्ट हुन्छ । फिल्ममा हरिबंश आचार्य आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिकामा छन् । ट्रेलरको पहिलो दृश्यमै हरिबहादुर जेलबाट निस्किएको देखिन्छ भने अन्त्यमा फेरि ऊ जेलमै पुगेको छ । बीचमा उसले समाजमा पुनःस्थापित हुन गरेको संघर्ष र राजनीतिक घटनाक्रमलाई हास्य शैलीमा देखाइएको छ । दीपेन्द्र के। खनालको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, प्रकाश…
"फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक"काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार…
"आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो"


















