सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो । सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली…

"सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन"

दशैंका लागि सिंगारिएको जनकपुरधाम

हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित विभिन्न मन्दिरलाई विशेष रूपमा सिंगार्न थालिएको छ । हरेक वर्ष दशैंको समयमा देवी दुर्गाको विशेष पूजा र आराधना गरिने यी मन्दिरहरु यस पटक पनि भव्यताकासाथ सिंगार्न थालिएको हो । पर्यटकहरुलाई आकर्षित गर्न पनि मन्दिरहरुलाई विशेष तरिकाले सजावट गरिएको छ । 

"दशैंका लागि सिंगारिएको जनकपुरधाम"

गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । उनले दसैं, तिहारलगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरवदल गर्न आग्रह गरे । राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरेका छन्…

"गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी"

एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु

काठमाडौं । एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो । आवेदकले न्यूनतम १० र अधिकतम…

"एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु"

भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली

काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको…

"भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली"

जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा…

"जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे"

कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसिराम साहानीले कृषकले उत्पादन गरेका स्याउ कुहिन नदिने बताएका छन् । बाजुराका स्याउ कृषकले आफ्नो बारीमा उत्पादन गरेका स्याउ कुहिन नदिई सहज रुपमा देशका ठुला शहरमा सहज बजारीकरण गरिने उनले बताए । ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र प्रमुख साहानीले कुनै चिन्ता नलिन हुन आग्रह समेत गरेका छन् । कतिपय कृषकका स्याउ कर्णाली करिडोर हुँदै बजारीकरण भइरहेको र अन्य कृषकहरुका पनि स्याउ बजारीकरण गरिने बताएका हुन्…

"कृषकका स्याउ कुहिदैनन्, सहज रुपमा बजारीकरण गरिन्छ : ज्ञानकेन्द्र प्रमुख"

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ । बजेट छ, आयोजना तयारी अवस्थामा छ,…

"जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिने : मन्त्री घिसिङ"

महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा…

"महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग"

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने भएको छ । बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो। उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

"सानिमा बैंकको लाभांश घोषणा"