नेपालीहरुको महान चाड बडादशैं सुरु भएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका, बाख्रा र च्याङ्ग्रा किन्ने ग्राहकहरूको चहलपहल बढेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा विक्री नगर्ने भएपछि निजि क्षेत्रका व्यवसायीहरुले नै बिक्रि गरिरहेका छन् । कलंकी खसी बजार दशैँमा खसीबोका किनबेच हुने सबैभन्दा पुरानो ठाउँ हो ।
"कलंकी खसीबजारमा दशैंको चहलपहल"Author: लोकनीति अनलाइन
काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ । सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले…
"जेनजी आन्दोलनमा हराएका हातहतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह"बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् । अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य…
"चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र"काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २५…
"शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?"भक्तपुर । दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने…
"भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित"काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको आरोप लगाएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं१ जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।’ थापाले यस्तो गतिविधि अनुकरणीय नभएको उल्लेख गर्दै नेतृत्वप्रति…
"जेनजीलाई मोहरा बनाएर मुलुक जलाइयो : सूर्य थापा"पोखरा । दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ । चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा (भेडा) पोखरा भित्र्याउने क्रम पनि तीव्र भएको छ । मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन् । दशैंमा च्याङ्ग्राको मासु विशेष स्वादिष्ट मानिने भएकाले उपभोक्ताको आकर्षण पनि उत्तिकै छ । पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तिबाट समेत दशैंको किनमेलका लागि मानिसहरू पोखरा झर्ने गर्दछन् ।…
"पोखरामा दशैंको लहर : मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै"असोज ७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताउनु भएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनु भयो । आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुभ्mन नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उहाँले यस्ता…
"निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल"। प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।
"प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने"काठमाडौं । असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ’बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन्। चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन्। बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ’बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ। त्यसै…
"चलचित्र ’बलिदान’को अग्रिम टिकट बिक्री सुरु"



















