काठमाडौं । फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटिय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् । भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरिएन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ । फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन…
"फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी"Category: विश्व
काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।…
"नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर"कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।कतारका अमिर शेख तमिम बिन हमाल अल थानी भोलि मंगलबार नेपाल भ्रमणमा आउँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन्…
"कतारका राजा मंगलबार नेपाल आउने, सरकारले दियो सार्वजनिक बिदा"संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमी देशहरू प्रविधिहरूको विकासमा चीनसँगको प्रतिस्पर्धामा पछि पर्न थालेका छन्। प्राविधिक तथा बैज्ञानिक प्रतिभाहरुलाइ देशभित्रै कायम राख्न सफल भएसंगै बेइजिङले सम्भावित रूपमा केही क्षेत्रमा एकाधिकार स्थापना गरेको छ। अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले संचालन गरेको एक वर्ष लामो परियोजनामा अध्ययन गरिएका ४४ मध्ये ३७ प्रविधिमा चीनको नेतृत्व रहेको छ जसमा विद्युतीय ब्याट्रीहरू, ध्वनी भन्दा तीव्र गतिमा प्रहार गर्न सकिने क्षेप्यास्त्रहरु तथा फाइभ जी र सिक्स जी जस्ता उन्नत रेडियो-फ्रिक्वेन्सीमा आधारित सञ्चार…
"प्रविधिमा अग्राधिकारको लागि चिन र अमेरिकाको प्रतिस्पर्धा नया चरणमा"काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान अमेरिका प्रस्थान गरेका छन। अध्यक्ष उपेन्द्र यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएका छन । पार्टी अध्यक्ष उपेन्द्र यादव ,श्रेष्ठलाई जिम्मेवारी सुम्पिएर एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष यादव फर्किएर नआउञ्जेलसम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
"उपेन्द्र यादव अमेरिका प्रस्थान"काठमाडौं ।नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच १० वटा सम्झौता र ३ वटा समझदारी पत्र हस्ताक्षर गर्दै आदानप्रदान गरेका हुन् । नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन…
"नेपाल–चीनबीच १३ बुँदे सम्झौता"अफ्रिकी देश नाइजरमा सेनाको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाको उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको छ । देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ। सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत लिखित वक्तव्य पढ्दै खस्कँदो सुरक्षा अवस्था र कुशासनका कारण वर्तमान सत्तालाई अन्त्य गरिएको घोषणा गरेका हुन्। अब्द्रामेनले कुर्सीमा बसेर सम्बोधन गरेका थिए…
"नाइजरमा सेनाको एक समूहद्धारा सैनिक कू, राष्ट्रपति हिरासतमा, संविधान पनि भंग"पुर्वप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुन गइरहेको आम निर्वाचनको अन्तरास्टृय पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्वमा ६ सदस्यीय टोली गए राति त्यसतर्फ प्रस्थान गरेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी रहेका छन्।ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ
"एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान"काठमाडौँ ।परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्यान्ड जाने भएका छन् । थाइल्यान्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने भएका हुन् ।परराष्ट्रमन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना…
"परराष्ट्रमन्त्री एनपी साउद थाइल्यान्ड जाँदै"पर्यटकीय नगरी पोखरामा आइतबार आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचन्डले अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका छन । उक्त समारोहमा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्वर्गीय रविन्द्र अधिकारीको सपना पूरा भएको बताएका छन्। उनले विमानस्थलअहिले ४–५ बजेसम्म चल्दै आएकोमा अब २४ सै घण्टा सञ्चालन गर्न सकिने बताए।विमानस्थल सञ्चालनबाट पोखरामा पर्यटन क्षेत्र उकास्न सहयोग पुग्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए सङ्गै यति, बुद्ध, सौर्य र गुण एयरलाइन्सले उडान गरेका…
"पोखरा अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन"




















