Category: बाग्मती प्रदेश
काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बिमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता…
"रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा"काठमाडौं । काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री भद्रकुमारी घलेले गैरकानुनी तवरले कब्जा गरि सरकारी जग्गामा घरटहरा बनाएकोले समय दिएर खाली गर्न भनेको र नमानेपछि महानगरपालिकाले डोजर चलाएको बताइएको छ ।भद्रकुमारी घले सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।सदनले जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको छ ।
"भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर"चितवन । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ । शनिबार राति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए । चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलाको पुलमा…
"दुई तर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक"काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् । उक्त दिन बिहान ७…
"काठमाडौँ महानगरपालिकाले शनिबार विशेष सरसफाइ कार्यक्रम गर्ने"चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गरेर शपथ गराउने प्रयासमा आफू रहेको बताएका छन् । भरतपुर विमानस्थलको टर्मिनल भवन शिल्यान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन् ।“आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने मेरो तयारी छ । आज सकिएन भने भोलि बिहान होला,” उनले भने, “काम त हाम्रो सकिएको छ । एक–दुईवटा मन्त्रालय टुंग्याउन थोरै बाँकी छ । यस्तै, प्रधानमन्त्री प्रचण्डले चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला अलपत्र पर्न नदिने पनि प्रतिबद्धता जनाएका…
"आजै साँझ वा भोलि बिहानसम्म क्याबनिेट विस्तार हुन्छ:प्रधानमन्त्री"स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि ब्रह्मायणी मन्दिरमा लिच्छविकाल देखि सञ्चालन हुँदै आएको फागुजात्रा समस्यामा परेको छ। काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकास्थित यस मन्दिरमा बर्सेनि फागुजात्रा सञ्चालन गर्न पञ्चायतकालदेखि राज्यले आर्थिक सहयोग उपलब्ध गराउन थालेको हो। पालिकाले रकम उपलब्ध गराउन नमिल्ने भन्दै एक्कासि सञ्चालन खर्च रोक्का गर्ने निर्णय गरेको छ। पञ्चायतकालमा २० हजार रुपियाँ जात्रा खर्च उपलब्ध गराउने गरिएकोमा वृद्धि हुँदै गत वर्ष ९७ हजार रुपियाँ उपलब्ध गराइएको थियो। मण्डनदेउपुरका नगरप्रमुख टोकबहादुर वाइबासँग स्थानीयले सहयोग माग्न जाँदा…
"स्थनिय निकायले आर्थिक सहयोग रोक्का गरेपछि मन्डनदेउपुरको फागुजात्रा समस्यामा"काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा…
"पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम"नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेता चयनका लागी आज भएको निर्वाचनबाट बहादुरसिंह लामा निर्वाचित भएका छन् । लामाले २१ मत पाए भने उनका प्रतिद्द्वन्दी इन्द्र बानियाँले १६ मत पाए । लामा नुवाकोटको क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । वाग्मती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।
"नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ पराजित"


















