नबिल बैंकले ल्यायो नयाँ मास्टरकार्ड डेबिट कार्ड

काठमाडौं । नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेविट कार्ड जारी गरेको छ । बैंकले ग्राहकको सुविधा र विद्युतीय भुक्तानीलाई अझ बढी समृद्ध बनाउने उद्देश्यले काठमाडौँमा आयोजित एक कार्यक्रममा नयाँ डेविट कार्ड जारी गरेको जनाएको छ । कार्यक्रममा नबिल बैंक र मास्टरकार्डका तर्फबाट वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ग्राहकलाई उच्चस्तरीय सुविधा दिने बैंकको प्रतिबद्धतामा यो नयाँ उपलब्धि भएको बताए । उनले भने, ‘बैंकले सुरुआतदेखि नै ग्राहकलाई विश्वस्तरीय सुविधा उपलब्ध गराउँदै…

"नबिल बैंकले ल्यायो नयाँ मास्टरकार्ड डेबिट कार्ड"

नेपाल बैंक लिमिटेडले मनायो, ८९औं वार्षिकोत्सव, विश्वास कायम राख्ने प्रतिवद्धता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपाल बैंक लिमिटेडको ८९ औं वार्षिकोत्सवको मनाएको हो । यसै अवसरमा सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास बोकेको नेपाल बैंकको प्रगतिको लागि सबैलाई धन्यवाद दिए । उनले भने, ‘लामो इतिहास हामीले बोकेछौ । बैंकको अहिलेसम्मको आरोह अवरोह उतारचढावका बीच पनि बैंकलाई प्रतिष्ठित बैंकका रुपमा नेपालीहरुको आफ्नो बैंकको रुपमा सबैले विश्वास गरेको बैंकको रुपमा यो अवस्थासम्म ल्याइपुर्याउन सम्पूर्ण…

"नेपाल बैंक लिमिटेडले मनायो, ८९औं वार्षिकोत्सव, विश्वास कायम राख्ने प्रतिवद्धता"

सुनको मूल्य ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुन ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । चाँदी आज ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार…

"सुनको मूल्य ५ सयले बढ्यो"

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपालआयलनिगमले पेट्रोलीयमपदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमावृद्धि गरेको हो। निगमले साविकको खुद्राबिक्रीमूल्यमा पेट्रोलमाप्रतिलिटर दुई र डिजेलमातीन रुपैयाँमूल्यवृद्धि गरेको हो। अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँपुगेको छ।यो मूल्यकातिक ३० गते बिहान १ बजेदेखि कायमहुने निगमद्वारा जारी सूचनामाउल्लेख छ।

"बढ्यो पेट्रोल र डिजेलको मूल्य"

कुखुरापालनबाट मासिक एक लाख आम्दानी

तनहुँ। व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । सत्र वर्षसम्म दुबईमा रोजगारी गर्नुभएका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लाग्नुभएको हो । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किनुभएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आउनुभएको हो । विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल हुनुभएको छ ।…

"कुखुरापालनबाट मासिक एक लाख आम्दानी"

टेलिकमको बक्यौता ३ महिनाभित्र तिरे जरिवाना नलाग्ने

काठमाडौं । नेपाल टेलिकमको दूरसञ्चार सेवा उपभोग गरेबापतको बक्यौता रकम तीन महिनाभित्र तिरे जरिवाना नलाग्ने भएको छ । टेलिकमले आइतबार सूचना जारी गर्दै ०७९र०८० सम्मको बक्यौता रकम मंसिर १ देखि माघ मसान्तसम्म भुक्तानी गरेमा जरिवाना छुट हुने जानकारी दिएको हो । टेलिकमले यो अवसरको लाभ लिन बक्यौता बाँकी भएका सबै ग्राहकहरूलाई अनुरोध गरेको छ । त्यस अवधीमा पनि बक्यौता भुक्तानी नगरे त्यस्ता ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशित गर्ने, वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाउने…

"टेलिकमको बक्यौता ३ महिनाभित्र तिरे जरिवाना नलाग्ने"

सुन तोलाको ६९ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ६९ सयले घटेर तोलाको २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३२८५…

"सुन तोलाको ६९ सयले घट्यो"

ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन २० औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरहेको छ । १२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान…

"ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष"

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल प्रिमियर लिग २ को ट्रफी सानिमा रिलायन्स लाईफमा इन्स्योरेन्स लि. को प्रधान कार्यालय, नक्सालमा लगिएको छ। सानिमा रिलायन्स सह – प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट किर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ। कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको र नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको र ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन…

"नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा"

दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत उत्पादन क्षमता विस्तार गर्ने योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ । यो आयोजना लमजुङ जिल्लाको बेसीसहर नगरपालिकामा अवस्थित छ । उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति तथा जडान कार्यको जिम्मेवारी दिइएको छ । सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख, ट्रोयर एजी इटाली; पवन ढकाल, अध्यक्ष, ट्रोयर हाइड्रो प्रा.लि. भारत र प्रवद्र्धक कम्पनी दिव्य…

"दिव्य ज्योति हाइड्रोपावर र ट्रोयरबीच ५० मेगावाट मस्र्याङ्दी बेसी जलविद्युत् परियोजनाको इलेक्ट्रो–मेकानिकल ठेक्का सम्झौता"