काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१-८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८१।८२ मा रु. ७…
"ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न"Category: अर्थ
महेन्द्रनगर। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारु समुदायले सञ्चालन गरेको पाहुना घर (होमस्टे) फष्टाउँदै गएको छ । दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारु समुदायको आयआर्जनको माध्यम बनेको छ । यहाँबाट विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ । राना थारु सामुदायिक…
"राना थारु ‘होमस्टे’मा आकर्षकण : वार्षिक तीन हजार पाहुनाको बास"काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो । सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको उल्लेख…
"हायात रिजेन्सीले गर्यो १३३ जना श्रमिक कटौतीको घोषणा"काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा पूर्वाधार विकासका लागि आन्तरिक पूँजी परिचालन आवश्यक रहेको बताएका छन् ।काभ्रे उद्योग वाणिज्य संघको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए । अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १०…
"पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल"काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार, कुल २१ लाख २९ हजार ७१५ लगानीकर्ताले २ करोड ४६ लाख ३२ हजार ६३० कित्ता शेयरका लागि आवेदन दिएका छन् । उपलब्ध शेयरभन्दा ६ गुणाभन्दा बढी आवेदन परेकाले सबैलाई शेयर प्राप्त नहुने निश्चित भएको छ । यस चरणमा कम्पनीले सर्वसाधारणका लागि…
"एसवाई प्यानल नेपालको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन"काठमाडौं । विश्वभर दिगो मालसामान ढुवानीतर्फको परिवर्तन तीव्र बन्दै गएको बेला चिनियाँ निर्मित विद्युतीय भारी ट्रकहरूको माग अन्तर्राष्ट्रिय बजारमा झनै बढ्दै गएको छ । उरुग्वे देखि स्विडेनसम्मका ग्राहकहरू चीनका ट्रकहरूको उत्कृष्ट प्रदर्शन, प्राविधिक विश्वसनीयता र सुदृढ सेवा सुविधाबाट आकर्षित भई खरिद बढाइरहेका छन् । अर्जेन्टिनाका एक खरीदकर्ताले यूरोपेली उत्पादनभन्दा चिनियाँ प्रविधि उत्कृष्ट र परिपक्व रहेको विश्वास व्यक्त गर्दै, ‘हामी हाम्रो क्षेत्रमा नयाँ प्रविधि र नयाँ उत्पादन विस्तार गर्न चाहन्छौं,’ भनेका छन् । चीनका प्रमुख भारी…
"विश्वभर फैलिँदै चिनियाँ ई–ट्रकको प्रभाव"काठमाडौ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका…
"एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन"काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३…
"आइतबार सुनको मूल्यमा सामान्य गिरावट"काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रुपमा बढेको छ । आज सुन ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार…
"शुक्रबार सुनको मुल्य सुन ६ सयले बढ्यो"काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो । छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानूनी सुधारका…
"निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल"


















