सुमना शिक्षा मन्त्री,बिराज खेलकुद !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय सहित चार मन्त्रालय पाउने सहमति भएको संगै सम्भावित मन्त्रीहरुको नाम सार्वजनिक भइरहेको छ । रास्वपा स्रोतले सुमना शिक्षा मन्त्री र बिराजभक्त श्रेष्ठ खेलकुद मन्त्री बन्ने जानकारी दिएको छ।पार्टी सभापति रबि लामिछाने गृह मन्त्री बन्ने पक्का हुँदा डोल प्रसाद अर्याल श्रम मन्त्री बन्नेछन। आज बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको थियो ।

"सुमना शिक्षा मन्त्री,बिराज खेलकुद !"

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय सहित चार मन्त्रालय पाउने सहमति भएको छ।गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने स्रोतले जानकारी दिएको छ। आज बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको बताइएको हो ।

"राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय !"

कार्यदलमा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति !

काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी ,जसपा नेपाल सहितको नयाँ गठबन्धनमा कार्यदलले मन्त्रालयको सिट संख्या बाँडफाँड टुंग्याएको बताइएकोछ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो । स्रोतकानुसार  एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको र बाँकी मन्त्रालय नेकपा एस लगायत गठबन्धनमा सहभागी दलहरुलाई दिइने बुझिएको छ । ‘

"कार्यदलमा एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति !"