सडक डिभिजन कार्यालयद्वारा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउन अल्टिमेटम

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज ९७५–७५ फिट० भित्र बनेका स्थायी तथा अस्थायी घर–टहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ।…

"सडक डिभिजन कार्यालयद्वारा १५ दिनभित्र सडक सीमाभित्रका संरचना हटाउन अल्टिमेटम"

उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण

जनकपुर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले जनकपुरधामस्थित निर्माणाधिन श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका छन् । शुक्रबार विहान मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशालाको निरीक्षण गर्नुका साथै मधेश प्रदेशका खेलकुद मन्त्रालयका पदाधिकारी र खेलकुद परिषदका सदस्यहरुसंग रंगशाला निर्माण बारे जानकारी लिएका छन् । निरीक्षण पश्चात खेलकुद मन्त्री गुप्ताले ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै हुने भनिएकोले सो अनुसारको भौतिक संरचना निर्माण सम्पन्न…

"उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण"

विवाह गर्ने उपयुक्त समय र विधि के हो ?

विवाह गर्नलाई कुनै बार र महिना बाधक मानिदैन् मंसिर विवाहको मौसम हो विवाह गर्नलाई विशेष गरी उत्तरायण र दक्षिणायन भन्ने हुन्छ । अहिले दक्षिणायन छन् । माघबाट उत्तरायण हुन्छन् । सकेसम्म उत्तरायणमा विवाह गर्नु उपयुक्त ठानिन्छ । दक्षिणायनमा सकेसम्म विवाह नगर्नु भन्ने चलन छ । तर, विवाह गर्नलाई तुलसी विवाह भएपछि उत्तरायण सम्पन्न हुने भएकाले नहुने कुरा छैन । तर दक्षिणायनमा पनि विवाह गर्न मिल्छ र उत्तरायणमा विशेष गरी माघपछिको विवाहलाई बढी उत्तम मान्ने चलन…

"विवाह गर्ने उपयुक्त समय र विधि के हो ?"

नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ भने यो खेल यस शृंखलाको पाँचौँ खेल हो । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् । लुम्बिनी लायन्स यस लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग प्रतिस्पर्धा गर्न तयार छ । चितवनमा चर्चित…

"नेपाल प्रिमियर लिग : आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै"

एक सय रोपनी जग्गामा किवी फार्म

रामेछाप । जिल्लामा खेतीयोग्य जमिन बाझिँदै गर्दा रामेछापका केही किसानहरू व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीका एक किसानले व्यावसायिक रूपमा किवी खेती सुरु गरेका छन् । उमाकुण्ड–२ बाम्तिभण्डरका किसान अनन्त खड्काले बाँझो बसेको आफ्नो करिब एक सय रोपनी जग्गामा व्यावसायिक रूपमा किवी खेती लगाएका छन् ।खड्काले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर आफ्नो निजी जमिनमा १७ सय बोट किवी लगाएका छन् । त्यस मध्ये करिब ७ सय बोटले यस वर्ष उत्पादन…

"एक सय रोपनी जग्गामा किवी फार्म"

सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् । उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध…

"सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की"

सिमरामाको घटनाबारे नागरिक समूहले भन्यो : निर्वाचन खतरामा पर्नसक्छ

काठमाडौं । बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ । नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ । सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ…

"सिमरामाको घटनाबारे नागरिक समूहले भन्यो : निर्वाचन खतरामा पर्नसक्छ"

अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव

काठमाडौं । चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् । बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् । उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ । जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ । त्यसमा पनि विभिन्न चरणहरुपनि एक–एक पटक मात्र…

"अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव"

नबिल बैंकले सुरु गर्यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली, कुशल सेवा उपलब्ध गराउने

काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । व्यस्त पेशाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको…

"नबिल बैंकले सुरु गर्यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली, कुशल सेवा उपलब्ध गराउने"

अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

काठमाडौं । अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी ९डिएससीए० ले जानकारी गराएको हो । स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड,…

"अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत"