म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

काठमाडौं । म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ । एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई हराउँदै लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ । इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले । त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए । हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना गर्दा बल पोस्टमा ठोकाए पनि, ६८औं मिनेटमा अर्को गोल थप्दै…

"म्यानचेस्टर सिटीसँग युनाइटेडको हार"

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ । सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।

"एक सय रुपैयाँले बढ्यो सुनको मूल्य"

प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव : घोषित मितिमा निर्वाचन गराउन दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् । सोमबार सामाजिक संजालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन् । सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिने पनि उनले बताएका छन् । पहिलो बुँदामा श्रेष्ठले छिटो राजनीतिक दलहरु भन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान ,देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता सुझाव दिएका छन् ।…

"प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव : घोषित मितिमा निर्वाचन गराउन दबाब"

आफ्नो वडा फेरी उठाउन कस्सिए पोखराका वडाबासी

भदौ २३ र २४ गते भएको प्रदर्शनपछि ध्वस्त भएको संरचनाहरु उठाउनको लागि सबै स्थानियहरु एक भएका छन् । यसैक्रममा पोखरा महानगरपालिका १६ वडाका वडाबासीहरु पनि आफ्नो वडा उठाउनका लागि भनेर कस्सिएका छन् ।

"आफ्नो वडा फेरी उठाउन कस्सिए पोखराका वडाबासी"

नाडा अटोमोबाइल्सले अटो क्षेत्रलाई सामान्य बनाउन सरकारसँग सहयोगको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउने कार्यमा आवश्यक सहयोग र सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ। आइतबार विज्ञप्ति जारी गर्दै नाडाले हालै देशव्यापी आन्दोलन र प्रदर्शनले मुलुकमा गहिरो असर पारेको उल्लेख गर्दै सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारलाई अनुरोध गरेको छ। नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति संवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । विज्ञप्तिमा हालको परिस्थितिले…

"नाडा अटोमोबाइल्सले अटो क्षेत्रलाई सामान्य बनाउन सरकारसँग सहयोगको आग्रह"

आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ निष्कासन सुरु

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसअघि भदौ २५ गतेदेखि आईपीओ…

"आम सर्वसाधारणका लागि सागर डिष्टिलरीको आईपीओ निष्कासन सुरु"

श्रीनगर एग्रोटेकको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन म्याद थप

काठमाडौं । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्कासनको अनुमति मिलेको छ । यसमध्ये १…

"श्रीनगर एग्रोटेकको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन म्याद थप"

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई शपथ गराएका हुन् । शपथ ग्रहणसँगै घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृह मन्त्रालय र…

"नवनियुक्त मन्त्रीहरूले लिए शपथ"

सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे प्रहरीहरू

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सिंहदरबार परिसर अहिले क्रमशः सामान्य अवस्थामा फर्किंदैछ। आन्दोलनको बेला प्रदर्शनकारीहरूले जलाएका सवारीसाधन तथा क्षतिग्रस्त वस्तुहरूको उठान तथा सरसफाइको कार्यमा प्रहरीले सक्रियता देखाएको छ। सिंहदरबारको मुख्य गेट अगाडि जलेका गाडीहरू हटाउँदै र सडक सफा गर्दै प्रहरी जुटेको छ । घटनापछि वातावरण स्वच्छ बनाउन प्रहरी र सरसफाइकर्मीहरू व्यस्त छन्।

"सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे प्रहरीहरू"

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

काठमाडौँ।यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे । उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी…

"मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ"