‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

काठमाडौं ।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन् । विहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए । उनले नेपालको हरेका प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा आफ्नो निवासबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा रहेकोपनि बताए…

"‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’"

आज सुनको मूल्य ९ सयले घट्यो

काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २…

"आज सुनको मूल्य ९ सयले घट्यो"

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

"नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल"

प्रचण्डले पुगे पार्टी कार्यालय पेरिसडाँडा, नयाँ भवन बनाइने

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । मंगलबार (भदौ ३१) पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको अवलोकनपछि उनले नयाँ पार्टी कार्यालय बनाइने बताएका हुन् । “पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यका सहयोगमा भव्य भवन बनाइनेछ,” उनले भने । ‘जेनजी’को प्रदर्शनका क्रममा यही भदौ २४ गते माओवादी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो ।

"प्रचण्डले पुगे पार्टी कार्यालय पेरिसडाँडा, नयाँ भवन बनाइने"

खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत ९१ः१० हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको…

"खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप"

सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताएका छन् । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए । उनले भने, ‘सबै ध्वस्त हुने गरि जलाईएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको…

"सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ"

एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको…

"एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य"

जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति

सुर्खेत । जेन–जी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा कर्णालीका ६० भौतिक संरचना र ४५ वटा सवारी साधनमा क्षति भएको छ । प्रदर्शनकारीहरुले सरकारी भवन, राजनितक दलका कार्यालय र निजि घरहरु समेतमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनको क्रममा ४५ सवारी साधनमा आगजनी गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले कर्णालीका १० ओटै जिल्लामा गरेको मिडिया मोनिटरिङ तथा इन्सेकका जिल्ला प्रतिनिधीको प्रतिवेदनका आधारमा आन्दोलनमा भएको क्षतीको प्रारम्भिक तथ्याङक संकलन गरिएको इन्सेक…

"जेन–जी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति"

गभर्नर पौडेलद्वारा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा अवलोकन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका छन् । ‘जेन जी आन्दोलन’ का क्रममा शाखामा तोडफोड र चोरी भएको घटनापछि गभर्नर पौडेल शाखामा पुगेका हुन् । अवलोकनका क्रममा गभर्नरले बैंकको भौतिक अवस्था, भएको क्षति तथा बैंकले भोग्नु परेको चुनौतीबारे जानकारी लिए । उनले बैंक सेवाको निरन्तरता सुनिश्चित गर्न आवश्यक समन्वय र सहयोगका विषयमा समेत छलफल गरेको बताइएको छ । उक्त घटनामा केही रकम चोरी भएको…

"गभर्नर पौडेलद्वारा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा अवलोकन"

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी(२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोशान गरेको हो । नेपाली टिममा रोहित कुमार पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऎरि ९उपकप्तान०, कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप…

"वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, को को परे ?"