काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १९ गतेदेखि हालको चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत (१ः१ अनुपात) दरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर जारी गरेको हो । साउन १६ गते बुक क्लोज मिति तोकिएकाले साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरू मात्रै आवेदनका लागि योग्य छन् । लगानीकर्ताले सिटिजन्स क्यापिटल र सिटिजन्स बैंकका विभिन्न…
"शिवश्री हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन"Author: लोकनीति अनलाइन
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका…
"ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग"काठमाडौं । बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार विपी राजमार्गको अनुगमनमा गएका उनले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी काम गर्न आग्रह गरेका हुन् । सडक अनुगनमा मन्त्री घिसिङसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव…
"क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन निर्देशन"सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए । झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु-याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको…
"सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु"काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए । ‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’बस्नेतले भने । उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि…
"महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा"काठमाडौं । नेपाल सरकार र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोग सम्बन्धी दुई महत्वपूर्ण सम्झौताहरुमा आज हस्ताक्षर सम्पन्न भएको छ । यी सम्झौताहरुले नेपालको उर्जा, स्वास्थ्य, कृषि, शासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्री धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट काठमाडौँस्थित नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गरेका हुन् । वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले ‘पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम’ मा सहयोगस्वरूप…
"नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर"काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको स्पष्टीकरण दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म कुन कुन दिन कुन कुन स्थानमा दमकल पुगेर आगलागी निभाइयो भन्ने सम्पूर्ण जानकारी गराएका हुन् । यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयोरु सिंहदरबार जलाउने नै बालेन शाह हो जस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेको भन्दै उनले…
"प्रदर्शनकारीहरुको अवरोधले समयमा सिंहदरबारको आगो निभाउन सकिएन : बालेन शाह"काठमाडौं । असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी…
"बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान"काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे केन्द्रीय पार्टी कार्यालय बनस्थलीमा बस्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल गरिने छ।
"रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै"काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा…
"सुनचाँदीको मूल्य हालसम्मकै उच्च"



















