नेकपा एसको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज आइतबार बस्दैछ ।शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको हो । । बैठक ११ बजे बस्दैछ । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिको अलावा निर्वाचनको कार्ययोजना, पार्टी एकतासम्बन्धी रिपोर्टिङ र सङ्गठनात्मक सवालमा छलफल हुनेछ । सङ्गठनात्मक सवालमा केन्द्रीय कमिटीको बैठक र एजेन्डाका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

"नेकपा एसको बैठक बस्दै"

चीनमा दुर्लभ बाँदर फेला, दुर्लभ प्रजातिको संरक्षणमा ठूलो उपलब्धि

काठमाडौं । चीनको दक्षिण–पश्चिम गुइझोउ प्रान्तस्थित मायाङ्हे राष्ट्रिय प्राकृतिक आरक्ष क्षेत्रमा पाँच वटा सुनौला रौँ भएका दुर्लभ ब्ल्याक लिफ मन्की (बाँदर) का बच्चा फेला परेका छन् । यसले विश्वकै सबैभन्दा ठूलो आरक्ष क्षेत्रमा रहेको यो दुर्लभ प्रजातिको संरक्षण सफलतापूर्वक अघि बढिरहेको संकेत गरेको छ । आरक्षका अनुसन्धानकर्ताहरूले हालै इन्फ्रारेड निगरानी प्रणाली मार्फत ती बच्चा बाँदरहरूको अस्तित्व पत्ता लगाएका हुन् । यस वर्ष मात्र यो आरक्षमा नयाँ जन्मिएका बाँदरहरूको यो तेस्रो समूह हो । जसले चीनका…

"चीनमा दुर्लभ बाँदर फेला, दुर्लभ प्रजातिको संरक्षणमा ठूलो उपलब्धि"

शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति ९२०८१० ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने बताएका हुन् । मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो ।…

"शिक्षा मन्त्रालयले त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने"

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ । बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

"राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै"

फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । फिलिपिन्सको मिन्दानाओ क्षेत्रमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरूले यो भूकम्पपछि “विनाशकारी सुनामी” आउने चेतावनी जारी गर्दै जनतालाई तटिय क्षेत्रबाट तत्काल सुरक्षित स्थानतर्फ सार्न आग्रह गरेका छन् । भूकम्प मिन्दानाओ क्षेत्रको डाभाओ ओरिएन्टल प्रान्तस्थित मनाय टाउन नजिकै समुद्रको सतहमा गएको बताइएको छ । फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन…

"फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी"

हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–१५, रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको…

"हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ"

तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ ।आज चाँदीको मूल्यभने बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँ…

"तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य"

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१-८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद…

"एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, वार्षिक साधारणसभा कात्तिक १२ गते"

टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले विजयी हासिल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ । छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो । बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए । टस हारेर पहिला ब्याटिङ…

"टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले विजयी हासिल"

रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा…

"रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा"