जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

काठमाडौं । जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् । जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् । राई वाइडबडी घोटाला लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको र उनको नेतृत्वमा आयोगको निष्पक्षतामाथि शंका उब्जिएको आरोप लगाउदै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टङ्गाल पुगेर निवेदन दर्ता गराएको हो। संसद् नभएको अवस्थामा महाभियोग संभव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने…

"जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता"

अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता

काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु-याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर,…

"अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता"

कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना

काठमाडौं । गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारहरुबाट कैदीबन्दीहरु भागेका छन् । जसमा २०८२ असोज २० गतेको बेलुका ६ बजेसम्मको विवरण अनुसार देशभरका कारागारमा जम्मा कैदी ३० हजार ६ सय ४६ जना रहेका छन् । जसमध्ये २९ हजार २ सय २४ जना कारागारका छन् भने १ हजार ४ सय २२ जना सुधारगृहका कैदी हुन् । यसमध्ये, जेनजी आन्दोलनमा कुल १४ हजार ५ सय ५६ जना कैदी भागेका थिए…

"कारागारबाट भागेका कैदीहरुको संख्या १३ हजार ५ सय ८९ जना"

पुडासैनीको वर पिपलु सार्वजनिक

हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ्…

"पुडासैनीको वर पिपलु सार्वजनिक"

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११…

"मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी"

जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् । जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् । उनले संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको…

"जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं"

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा…

"सुनचाँदीको मूल्य हालसम्मकै उच्च"

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपामाओवादी केन्द्रको सचिवालय बैठक आजबस्दैछ ।बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामाबस्नेछ । बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

"माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै"

‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक समेत गरिसकिएको छ । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स…

"‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने"

विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ। विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

"विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै"