सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मङ्गलवार नेपाली सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । विहानबाटै बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.५९ % (प्रतिशत) ले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो ।

हिजो सोमबार नेप्से परिसूचक ८.९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो ।

विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि परिसूचक बढ्न सकेको थिएन ।मङ्गलवार भने २०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै २ वटा कम्पनीको मूल्य भने स्थिर कायम छन् ।

परिसूचक उत्साहजनकरुपमा बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको १ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ ।