गण्डकीका मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिदै

पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।