काठमाडौं । नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन यो गठबन्धन नबनाएको बताएका छन् ।
ओलीले गठबन्धनमा १५ महिना पश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका हुन् ।बुधबार प्रतिनिधिसभा बैठकमा उनले १३ वा १५ महिना भनेर प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे ।
प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो सरकार परिवर्तन किन भएको र सहकार्य किन गरेको भनेर गरिमा घटाएको छ । यो खबर अनुचित कुरा हो, उनले भने, त्यहाँ मेरो पनि नाम देखेँ । प्रधानमन्त्री हुनै का लागि हामीले यसो गरेको छैन । मलाई प्रधानमन्त्रीको इच्छा हैन ।
सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी)का नेताले अबको १५ महिनामा प्रधानमन्त्री फेरिने बताइरहेका छन् । त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने उनीहरूको भनाइ छ । त्यसपश्चात मात्र ओली प्रधानमन्त्री बन्ने उनीहरूले बताइरहेका बेला ओलीले सोही प्रश्नको सांकेतिक जवाफ दिएका हुन् ।











