जितेन्द्र बस्नेत बने काठमाडौंको सीडीओ

काठमाडौं। काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले पाएका छन्।

प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई जिम्मेवारी दिई पठाएको हो ।