केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ:प्रधानमन्त्री

काठमाडौं । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको बताएका छन् ।प्रधानमन्त्री प्रचण्डले यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताएका हुन् । उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए ।

उनले भने, ‘हामीलाई जनताले सशर्त समर्थन दिएका छन् । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो। हामी निरन्तर जनताको निगरानीमा छौँ।उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए ।

प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभूताको जित भएको बताएका छन्।उनले भने, ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो ।तपाईंहरुको आवेग जायज छ। ’केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ ।’