काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)सँग सहमतिमा चौधरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् । माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि सोडारीले समर्थन फिर्ता लिएको जानकारी दिए ।











