काभ्रेपलान्चोक बेथानचोकको च्यासिङखर्कबाट पनौती फर्कँदै गरेको एक यात्रु वाहक बस दुर्घटना भएको छ।बेथानचोक गणेशस्थानमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ ।
च्यासिङखर्कमा आयोजना भएको छेवर(ब्रतवन्ध)कार्यक्रममा भागलिएर फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।उक्त दुर्घटनामा परी घाइते भएकाको बनेपास्थित सिरमेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । थप विवरण आउन बाँकी छ।











