प्रेस युनियन केन्द्रीय समितिको दवावपछि सूचना विभाग विवादित प्रावधान कार्यान्वयन नगर्न सहमत

नेपाल प्रेस युनियन केन्द्रीय समितिको दवावपछि सूचना विभागले विवादित प्रावधान यो वर्ष कार्यान्वयन नगर्ने भएको हो ।

नेपाल प्रेस युनियनकोतर्फबाट सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपाललाई भेटेर यो विषयमा छलफल गरेको थियो ।सूचना तथा प्रशारण विभागले यसअघि पाँच जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई तलबी विवरण नचाहिने व्यवस्था गरेको थियो तर विभागले २०८० असार १९ गते एक सुचना जारी गरि एक पटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क भौचर राख्नुपर्ने सूचना जारी गरेको थियो ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिको अगुवाइमा विभागका महानिर्देशक नेपाल सङ भएको छलफल पछी बुँदा नम्बर ४ लाई हटाएर साविककै व्यवस्था कार्यान्वयन गर्न युनियनसँग सहमति जनाउनु भएको हो । सहमति लगतै महानिर्देशक नेपालले पुरानो व्यवस्थालाई यथावत राख्दै पुनः सूचना प्रकाशित गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।