कोसी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभामुखले निर्णायक मत दिएर प्रदेशसभा सञ्चालन गर्न कठिन हुने भएकाले आवश्यक परेको अवस्थामा पदबाट राजीनामा दिने गौतमले स्पष्ट पारे । उनले भने ‘सधै सभामुखले मत दिएर बहुमत पुयाउनु पर्ने अवस्था आएको खण्डमा पदबाट राजीनामा दिन्छु ।
प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता उद्व थापाले दाबी पेश गर्दा प्रदेशसभाका सभामुख गौतमले प्रदेस सभाको सदस्यक रुपमा छुट्टै हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री थापालाई समर्थन गरी नेकपा माओावदी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हस्ताक्षर गरेका थिए ।











