काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्दै छ।
मन्त्रिपरिषदको पूर्णता, उपनिर्वाचन, समयसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।बैठकले बारा क्षेत्र नम्बर २ मा हुने उपचुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ।
यसअघि यही चैत १६ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन २ मा जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गरिसकेको छ।











