काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान अमेरिका प्रस्थान गरेका छन।
अध्यक्ष उपेन्द्र यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएका छन ।
पार्टी अध्यक्ष उपेन्द्र यादव ,श्रेष्ठलाई जिम्मेवारी सुम्पिएर एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष यादव फर्किएर नआउञ्जेलसम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।











