Category: Uncategorized
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
"राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट"काठमाडौं । मन्त्रिपरिषद्बाट केहि दिन अगाडी स्वीकृति नागरिकता नियमावलीले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता लिने प्रक्रिया र मापदण्ड प्रष्ट पारेको छ साथै नेपाली नागरिकले नागरिकताविहीन हुनुपर्ने स्थितिको अन्त्य भएको छ । नियमावलीले गैरआवासीय नेपालीले नेपाली नागरिकता लिन निवेदन दिने व्यक्ति वा उनको आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । यस्तो नागरिकता पाउनेले भोट हाल्न तथा राजनीति गर्न भने पाउने छैनन् । साथै, सरकारी पदमा पनि बस्न पाउँदैनन् । व्यवसाय गर्न पाउनुका साथै…
"नागरिकता नियमावली मन्त्रिपरिषदबाट स्वीकृत:गैरआवासीय नेपालीले नागरिकता पाउने"अफ्रिकी देश नाइजरमा सेनाको एक समूहले सत्ता कब्जा गरेको घोषणा गरेको छ। राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाको उक्त समूहले राष्ट्रपतिलाई अपदस्थ गरिएको, संविधान भंग गरिएको र देशका सबै संस्थाहरु निलम्बित गरिएको घोषणा गरेको छ । देशभर कर्फ्यू लगाइएको छ भने हवाई तथा स्थल सीमा बन्द गरिएको छ। सेनाका कर्नेल मेजर अमादु अब्द्रामेनले टेलिभिजनमार्फत लिखित वक्तव्य पढ्दै खस्कँदो सुरक्षा अवस्था र कुशासनका कारण वर्तमान सत्तालाई अन्त्य गरिएको घोषणा गरेका हुन्। अब्द्रामेनले कुर्सीमा बसेर सम्बोधन गरेका थिए…
"नाइजरमा सेनाको एक समूहद्धारा सैनिक कू, राष्ट्रपति हिरासतमा, संविधान पनि भंग"काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ परेको १२ दिन पछी उनकी पत्नी मञ्जु खाँणले काठमाडौं प्रहरी परिसर टेकु हिरासतमा भेटघाट गरेको जानकारी प्राप्त भएको छ। नेपाली कांग्रेसका नेता खाँण वैशाख २७ गते पक्राउ परि हिरासतमा रहेका भएपनि १२ दिन सम्म उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पति बालकृष्णलाई भेट्न गएकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले…
"पत्नी मञ्जुले पति बालकृष्णलाई हिरासतमा भेटिन्"नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरणको छलफलका लागि ओली निवास बालकोट पुगेका छन् । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान दोहोय्रापछी‘गठबन्धन संकट उन्मुख भएको सन्देश दिदै प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका हुन । राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आजै पाँच बजे सकिँदैछ ।
"प्रचण्ड पुगे ओली निवास बालकोट"















