किशोरी माथि जबरजस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिने भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इज्लासले थुनछेक आदेशमा पुर्पक्षका लागि कारागार चलान गरेपछि उनले पुनरावेदन गर्ने तयारी गरेका हुन् ।जिल्लाको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा चलान भएका सन्दीपले आइतवारबाट पुनरावेदन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । आइतवार जिल्लाबाट जारी आदेशको पूर्णपाठ बुझेपछि पुनरावेदनमा जाने तयारी भएको सन्दीपका कानून व्यवसायीको भनाइ रहेको छ ।गत मंगलबारदेखि जारी निरन्तर…
"सन्दीप लामिछानेले पुनरावेदनको निवेदन दिने ।"Category: समाज
हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा बिहानै नुहाइ धुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ । त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित…
"चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो"












