लुम्बिनीका सांसद केसी कारागार चलान

काठमाडौं । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबीं) केसीले आत्मसमर्पण गरेपछि कारागार चलान भएका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर कांग्रेस सांसद केसीले आत्मसमर्पण गरेका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले सांसद केसीलाई अदालतमा उपस्थित गराइएको र आइतबार नै उनलाई कारागार चलान गरेको जानकारी दिए । रुकुम पूर्वका १(खं)बाट निर्वाचित धनबहादुर केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि…

"लुम्बिनीका सांसद केसी कारागार चलान"

राप्रपाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा तटस्थ बस्ने बताइएको छ । राप्रपा तटस्थ बस्ने भएपछि मुख्यमन्त्री अधिकारीका पक्षमा जम्मा ३० मत मात्र हुने भएको छ । अधिकारीले आजै विश्वासको मत लिँदैछन् । राप्रपा सचेतक विन्दु पहाडीले विश्वासको मतका सम्बन्धमा पार्टी तटस्थ निर्णय भएको पुष्टि गर्नुभयो । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत चाहिन्छ । अधिकारीका पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक ७ जना र स्वतन्त्र सांसद…

"राप्रपाले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने"

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँने छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँने कार्यतालिका छ। विश्वासको मत लिन मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा ,चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका…

"कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँने"

मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन : महानगरपालिका प्रमुख बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले “मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु नहुने बताएका छन् । आइतबार आयोजित छलफलमा शाहले उक्त धारणा राख्दै , विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न पनी आग्रह गरेका छन्। चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आइतबार आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय…

"मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन : महानगरपालिका प्रमुख बालेन्द्र शाह"

नमोबुद्धमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

काभ्रपलाञ्चोक । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ स्थित कोटतिमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।   आज बिहान ५९ बर्षीय धनविर परियारलाई आफ्नै श्रीमति करिब कमला परियारले लठ्ठीले टाउकोमा हानेर हत्या गरेको बताइएको छ ।   कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र रहेको निगालोको लठ्ठिले श्रीमानको टाउकोमा हाँन्दा उनको मृत्यु भएको विवरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उपलब्ध गराएको छ । श्रीमति कमला परियारलाई प्रहरिले नियन्त्रणमा लिएर कोटतिमाल चौकीमा राखिएको जानकारी प्राप्त भएको छ । 

"नमोबुद्धमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु"

माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो

धनगढी ।नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएपछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको छ। अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो । बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । अहिले उनको नेपालगन्ज मेडिकल कलेजमा…

"माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो"

भूकम्पबाट बझाङमा १ जनाको मृत्यु !

बझाङ ।बझाङमा हिजो गएको भूकम्पबाट एक जना माहिलाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ की ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही…

"भूकम्पबाट बझाङमा १ जनाको मृत्यु !"

रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा

काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बिमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता…

"रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा"