अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता

काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् । वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु-याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ । इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर,…

"अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता"

महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती

गत शुक्रबार र शनिबार भएको अविरल वर्षा पश्चात आएको बाढिले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सरकारी कार्यालयहरु जलमग्न भएका छन् । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण मुल सडक र चोक –चोकमा पानी जमेको छ। ठूला सवारी साधानहरु चलाउन समेत रोक लगाइएको कारण यात्रुहरुलाई सास्ती भएको छ ।

"महोत्तरीमा बाढीको बितन्डा,यात्रुहरुलाई सास्ती"

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन

जनकपुर। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार जनकपुर स्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुर आउनुभएका राष्ट्रपति पौडेलले प्रसिद्ध जानकी मन्दिरको दर्शन एवम पुजा अर्चना गर्नुभएको हो । उहाँ अखण्ड किर्तन, दीप प्रज्जवलन तथा आरतीमा सहभागी हुनुभयो । राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको भवन उदघाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा राष्ट्रपति पौडेल आज बिहान जनकपुर आउनुभएको हो । राष्ट्रपति पौडेललाई जनकपुर…

"राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरको दर्शन"

बारा–२ मा उपेन्द्रसँग कुशवाहा भिड्ने

बारा–२ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपरास्ट्रपतिमा निर्वाचित भएपछी खाली भएको उक्त निर्वाचन् क्षेत्रबाट उम्मेद्वारी दिने तयारीमा रहेका ज स पा नेता उपेन्द्र यादव सङ चुनाव लड्ने तयारीका साथ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत निर्वाचन हारेको उनले बताए र अहिलेको उपनिर्वाचनमा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार…

"बारा–२ मा उपेन्द्रसँग कुशवाहा भिड्ने"

जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् । संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा भए पनि अध्यक्ष यादबको रुचि नभएपछि उनलाइ पन्छाउन रामसहाय प्रसादलाई अघि बढाएका बुझिएको छ पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सांसदहरुले यादवलाई दलको नेतामा सर्वसम्मत् चयन गरेका हुन् ।

"जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत"