शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २५…

"शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?"

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

भक्तपुर । दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ । घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ । उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने…

"भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित"

पोखरामा दशैंको लहर : मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै

पोखरा । दशैंको रौनकसँगै पोखरा भरि चहलपहल बढ्न थालेको छ । चाडपर्व नजिकिँदै जाँदा बजारमा किनमेल गर्नेको भिड बढेको छ भने मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा (भेडा) पोखरा भित्र्याउने क्रम पनि तीव्र भएको छ । मुस्ताङका विभिन्न गाउँहरूबाट व्यापारीहरूले च्याङ्ग्रा ल्याएर पोखराका विभिन्न स्थानमा बिक्री गर्न थालेका छन् । दशैंमा च्याङ्ग्राको मासु विशेष स्वादिष्ट मानिने भएकाले उपभोक्ताको आकर्षण पनि उत्तिकै छ । पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तिबाट समेत दशैंको किनमेलका लागि मानिसहरू पोखरा झर्ने गर्दछन् ।…

"पोखरामा दशैंको लहर : मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै"

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

असोज ७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको बताउनु भएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई मंगलवार महासंघमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी सबैभन्दा ठूलो रोजगारदाता भएपनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउनु भयो । आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुभ्‌mन नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै उहाँले यस्ता…

"निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल"

एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।नेपालीबजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघकाअनुसारबिहीबार सुन प्रतितोलातोलाको एक हजार ७सयले घटेको हो । बिहिबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजोबुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । त्यस्तै, आजचाँदीको मूल्यपनिघटेको छ । आजचाँदीतोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिबुधबार चाँदीतोलाकोदुई हजार ७ सयमा कारोबार भएको थियो ।

"एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य"

एनआईसी एशिया बैंक र लन्डन ब्रिज गार्डेन रिसोर्टबीच छुट सम्झौता

काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले नवलपरासीको बर्दघाटस्थित लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा बैंक र रिसोर्टबीच विशेष सहमति सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी गरेमा छुट प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट सुविधा मात्र नभई देशभर…

"एनआईसी एशिया बैंक र लन्डन ब्रिज गार्डेन रिसोर्टबीच छुट सम्झौता"

आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा तीन हजार नौ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला दुई हजार ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार…

"आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो"

सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो । सर्वसाधारणका लागि निष्कासन गरिएका ११ लाख ९० हजार कित्तामध्ये १ लाख १९ हजार ६४ जनाले मात्र न्यूनतम १० कित्ता पाउनेछन भने करिब २२ लाख ३३ हजार आवेदकको हात खाली…

"सागर डिष्टिलरीको आईपीओमा २२ गुणा बढी आवेदन"

गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी

काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयका कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । उनले दसैं, तिहारलगायत चाडपर्वमा हुने गाडीको व्यापार बढाउन तत्काल ऋण सम्बन्धी नीतिमा फेरवदल गर्न आग्रह गरे । राजस्व संकलनको चुनौती सम्बोधन गर्न ‘लोन टु भ्यालु रेसियो’को व्यवस्था तत्काल परिवर्तन गर्नुपर्ने माग गरेका छन्…

"गाडीको विक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी"

एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु

काठमाडौं । एसवाई प्यानल लिमिटेडले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर निष्कासन गरेको छ । कम्पनीले धितोपत्र बोर्डबाट ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएकोमा पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ०९२ कित्ता सेयर छुट्याइएको हो । आवेदकले न्यूनतम १० र अधिकतम…

"एसवाई प्यानल लिमिटेडको आईपीओ आजदेखि निष्कासन शुरु"