काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक कार्यक्रममा ज्ञवालीले अबको पुननिर्माण भौतिक मात्रै नभएर आर्थिक पुनरुत्थान आवश्यक रहेको बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माणमा छुट्टै संस्था खडा गरेर बैंकिङ च्यानलमार्फत रकम दिंदा सफल भएको बताए । उनले भुकम्पछि धेरै युवाहरुको सहयोग जस्तै अबपनि आत्मबल बढाएर अघि बढ्नुपर्ने बताए । ‘श्रीलंकामा आन्दोलन हुँदा त्यहाँको…
"भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली"Category: अर्थ
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घटेको बताएका छन् । आन्दोलनले निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए । ‘उद्योगहरुमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा…
"जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे"काठमाडौँ । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा…
"महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग"काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश दिने भएको छ । बैंकको असोज ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो। उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
"सानिमा बैंकको लाभांश घोषणा"काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन्। भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताएका हुन् । “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर…
"लगानीमैत्री वातावरण बिग्रन नदिऔंः अध्यक्ष ढकाल"काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले भदौ ३० गतेदेखि १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख रुपैयाँभन्दा बढीको ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गरेको हो । यसमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्टाइएको छा। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका…
"सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन"काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी…
"एसवाई प्यानल लिमिटेडको आईपीओ असोज ७ देखि निष्कासन हुने"काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) का साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी, तथा उप निर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गर्नुभएको थियो । उहाँले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई…
"सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल तथा सीएफटी तालिम सम्पन्न"काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो । आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २…
"आज सुनको मूल्य ९ सयले घट्यो"काठमाडौं । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत ९१ः१० हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद दोस्रोपटक थप गरेको छ । कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । पहिलो म्याद भदौ २३ गतेसम्म तोकिए पनि मागअनुसार आवेदन नपरेपछि भदौ ३१ गतेसम्म लम्ब्याइएको थियो । हाल देशको परिस्थितिलाई मध्यनजर गर्दै अन्तिमपटक असोज ५ गतेसम्म आवेदन दिन सकिने भएको…
"खानीखोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप"



















