हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक…

"हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता"

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको हो । निगमका अनुसार नयाँ मूल्य बिहीबार (आज) बिहानदेखि लागू भएको छ । मूल्य घटेपछि अब पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । दोस्रो वर्गका लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन…

"दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य"

सुनको मूल्यले बनायो नयाँ रेर्कड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार…

"सुनको मूल्यले बनायो नयाँ रेर्कड"

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि रु १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य करिब रु २५ करोड १० लाख बराबर हुन्छ । यसमा सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम…

"श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन"

एशियन कंक्रिटो लिमिटेडद्वारा आईपीओ जारी गर्न साधारण सभा आह्वान

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक १९ गते साधारण सभा आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले नवलपरासीस्थित कम्पनीको कार्यालयमा दिनको १२ः३० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ । सो अवसरमा सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये सम्बन्धित क्षेत्र…

"एशियन कंक्रिटो लिमिटेडद्वारा आईपीओ जारी गर्न साधारण सभा आह्वान"

आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य एकैचोटी ८ हजार १ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भएको सुन मंगलबार २ लाख ४८ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छ । यस्तै, आज चाँदीको मूल्यले पनि मूल्य बढेको छ । सोमबार ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १०५ रूपैयाँले वृद्धि भएर चाँदीको मूल्य ३ हजार ३२५…

"आज सुनचाँदीको मूल्यले बनायो नयाँ रेकर्ड"

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकहरुले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजकुमार…

"नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड"

भाइमसला सहित तिहारका समानको व्यापार सुरु

नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको भीड देखिएन थालेको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ ।

"भाइमसला सहित तिहारका समानको व्यापार सुरु"

ग्लोबल आइएमई बैंकले ग-र्यो लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

"ग्लोबल आइएमई बैंकले ग-र्यो लाभांश घोषणा"

सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

काठमाडौँ। । सद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहनेछ।बैंकले जनाएको अनुसार, लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

"सिद्धार्थ बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा"