प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला…

"प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा"

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति…

"सिँचाइका १२ रुग्ण ठेक्का तोडियो"

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ किनबेच ?

काठमाडौं कात्तिक ९,। नेपाली बजारमा आइतबार् सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा…

"सुनको मूल्य घट्यो, कतिमा हुदैँछ किनबेच ?"

नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह

काठमाडौं । अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । ढकालले अमेरिकामा रहेका नेपाली व्यवसायी, लगानीकर्ता र सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र वित्तीय सेवा लगायतका क्षेत्रमा विशाल सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारसँग मिलेर महासंघ…

"नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह"

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्तका कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न र सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले विशेष छुट सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख श्री लेख बहादुर पुनले हस्ताक्षर गर्नुभयो। यस सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्तका कर्मचारीहरूले प्रभु बैंकमार्फत उत्कृष्ट बैंकिङ सेवाहरू—जस्तै तलब खाता सञ्चालन, विशेष…

"आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता"

सिद्धार्थ बैंकका ग्राहकहरूले जर्मन होम्समा १०% सम्म छुट पाउने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड र जर्मन होम्स प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, बालकोट, भक्तपुरस्थित जर्मन होम्समा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार, यस सम्झौताले ग्राहकहरूलाई आकर्षक छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।ग्राहकहरूले यस समन्वय सम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ घण्टा…

"सिद्धार्थ बैंकका ग्राहकहरूले जर्मन होम्समा १०% सम्म छुट पाउने"

पुष्प मेलाको चौथो दिन : एक करोड तीन लाखको कारोबार

काठमाडौं । ललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् ।

"पुष्प मेलाको चौथो दिन : एक करोड तीन लाखको कारोबार"

४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको सुनको मूल्य आज दिन भने घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने घटेर तोलामा ३ हजार २७५ रुपैयाँ कायम…

"४ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य"

डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन नेपाल विद्युत प्राधिकरणले दिएको पछिल्लो समय आज सकिँदै छ । उद्योगीहरुलाई प्राधिकरणले दिएको किस्ताबन्दी सुविधा अनुसार आज बेलुका सम्म पनि किस्ता बुझाउन नगए प्राधिकरणले उद्योहरुमा लाइन काट्ने सम्मको चेतावनी दिएको छ । बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यसअघि १२ असोजमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरवलोकनसँग सम्बद्ध सम्पूर्ण कामकारबाही खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता भुक्तानी गर्न सूचना…

"डेडिकेटेड ट्रंक लाइन बक्यौता विवादः प्राधिकरणले दिएको समय आज सकिँदै"

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।यो अवार्डसगैं…

"ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित"