शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ…

"शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?"

वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

काठमाडौं । सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो । वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई…

"वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द"

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो । यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक,…

"झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला"

सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । मङ्गलवार नेपाली सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.१५ अङ्कले बढेको छ । विहानबाटै बढ्ने गति लिएको नेप्से परिसूचक अन्तिम समय सम्ममा १.५९ % (प्रतिशत) ले बढ्दै २११५.२४ बिन्दुमा पुगेर रोकिएको हो । हिजो सोमबार नेप्से परिसूचक ८.९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो । विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि परिसूचक बढ्न सकेको थिएन…

"सेयर बजारमा हरियाली, ३३.१५ अङ्कले बढ्यो नेप्से"

बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित:प्रतिमा गौतम

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतमले आ।व।२०८१/८२ को बजेटले आर्थिक पुनःसंरचना दिन नसक्ने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद गौतमले बजेट उत्पादनमूलक क्षेत्रमा नभइ निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित रहेको बताएकी हुन् ।“यो सरकारको बजेट हेर्दा हामीले खोजेको आर्थिक समृद्धिभन्दा पनि सीमित व्यक्ति र राजनीतिक चतुर्‍याइँको लागि केन्द्रित भएको देखिन्छ,” उनले भनिन्, “कम्तीमा वित्तीय व्यवस्थापन खर्चभन्दा पुँजीगत खर्च रू एक मात्र बढी भएको…

"बजेट निश्चित कार्यकर्ता र राजनीतिक चतुर्‍याइँमा केन्द्रित:प्रतिमा गौतम"

६८ करोडमा सुरु भएको आयोजना अहिले ११२ अर्बमा पुग्यो तर काम भएन : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रे उपत्यका खानेपानी आयोजना १० वर्षदेखि अलपत्र रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् । उनले ६ वटा सरकार फेरिँदा समेत काभ्रेमा एउटा खानेपानीको मुहान फर्काउन नसकेको बताए । त्यस्तै, उनले एक लाख ३० हजार जनतालाई खानेपानी व्यवस्थापन गर्नुपर्ने माग समेत गरे । “१२ वर्षमा खोलो फर्कन्छ भन्थे यो १२ वर्षमा ६ वटा जति सरकार फर्किए । काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको…

"६८ करोडमा सुरु भएको आयोजना अहिले ११२ अर्बमा पुग्यो तर काम भएन : गोकुल बास्कोटा"

पूर्वसभामुख महरामाथि मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस

काठमाडौँ ।सुन तस्करीमा संलग्नकाे आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन जाँचबुझ आयोगले सिफारिस गरेकाे छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुखसमेत रहेका  महरालाई मुद्दा चलाउन सिफारिस गरेको हाे । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो भने शुक्रबार गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ । महरालाई आयोगले बयान समेत…

"पूर्वसभामुख महरामाथि मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस"

इन्धनको मूल्यमा आजदेखि स्वचालित प्रणाली लागु हुने

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको मूल्य २ रूपैयाँ ४७ पैसा बढेर आएको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनले निगमलाई १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । नयाँ मूल्य सूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रति लिटर ९ रूपैयाँ तथा डिजेलमा साढे ६ रूपैयाँ निगमलाई…

"इन्धनको मूल्यमा आजदेखि स्वचालित प्रणाली लागु हुने"

सुनको मूल्य तोलामा पाँचसयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार २०० ले बढेको सुनको मूल्य आज पहिलो दिन आइतबार पनि प्रतितोला ५०० रुपैयाँले नै बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज १ हजार ३७० रुपैयाँ कायम भएको छ ।…

"सुनको मूल्य तोलामा पाँचसयले बढ्यो"