रणवीर रआलिया दम्पतीलाई पुत्रीलाभ

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पुत्रीलाभ गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।आलिया भट्टले एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आलिया रणवीरको साथआइतबार बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।विवाहको केही महिनामै आलिया र रणवीरले आफूहरुले सन्तानलाई स्वागत गर्न लागिरहेको घोषणा गरेका थिए ।

"रणवीर रआलिया दम्पतीलाई पुत्रीलाभ"

अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन लिने प्रणाली बन्द ।

काठमाडौं। सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो ।यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने जनाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभागबाट कर्मचारी खटिनुपर्ने भएकाले सेवा रोक्नुपरेको विभागले जनाएको छ ।। नवीकरणका लागि आवेदन दिएकाले समेत लामो समयसम्म लाइसेन्स पाउन कुर्नुपर्ने अवस्था छ । विभागले…

"अर्को सूचना प्रकाशित नभएसम्मका लागि अनलाइन आवेदन लिने प्रणाली बन्द ।"

सूर्योदयको दृश्य हेर्न मानुङकोटमा यस वर्षकै सबैभन्दा बढी पर्यटक

तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । “यस वर्षको सबैभन्दा बढी भीड…

"सूर्योदयको दृश्य हेर्न मानुङकोटमा यस वर्षकै सबैभन्दा बढी पर्यटक"

ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित नहुने:प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो । उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत…

"ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित नहुने:प्रमुख आयुक्त"

देउवाले आज डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने ।

मंसिर ४ मा हुने चुनावका चुनावी प्रचारप्रसारका लागि आफ्नो चुनावी क्षेत्र डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जिल्लामा आयोजना हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसमेत रहेका देउवा आज गृहजिल्ला डडेल्धुरामा बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने आमसभालाई सम्बोधन गरेर काठमाडौं फर्कदै तयारी छ। उनी गत बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। आफ्नो चुनावी क्षेत्र डडेल्धुरामा उनले बिहीबार अमरगढी नगरपालिकाको बसपार्कमा आयोजित सभालाई सम्बोधन…

"देउवाले आज डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने ।"

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको छ:आयुक्त सगुन शम्शेर जबरा

निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको बताउनुभएको छ । निर्वाचन आयोगद्वारा जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा थप कडाई गरिएको बताउनुभयो । ‘स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोगले दृढतापुर्वक अघि बढेको छ’, आयुक्त जबराले भन्नुभयो, ‘यसका लागि सबै पक्षले…

"निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाई गरिएको छ:आयुक्त सगुन शम्शेर जबरा"

सन्दीप लामिछानेले पुनरावेदनको निवेदन दिने ।

किशोरी माथि जबरजस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिने भएका छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इज्लासले थुनछेक आदेशमा पुर्पक्षका लागि कारागार चलान गरेपछि उनले पुनरावेदन गर्ने तयारी गरेका हुन् ।जिल्लाको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा चलान भएका सन्दीपले आइतवारबाट पुनरावेदन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । आइतवार जिल्लाबाट जारी आदेशको पूर्णपाठ बुझेपछि पुनरावेदनमा जाने तयारी भएको सन्दीपका कानून व्यवसायीको भनाइ रहेको छ ।गत मंगलबारदेखि जारी निरन्तर…

"सन्दीप लामिछानेले पुनरावेदनको निवेदन दिने ।"

निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।  आज सङ्घीय गृह मन्त्रालय र मधेस सरकार गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले खुला सीमानाका साथै आन्तरिक तिक्तताले निर्वाचनमा हुनसक्ने खतरा औँल्याउँदै मुख्यमन्त्री राउतले सचेत रहन निर्देशनसमेत दिए । निर्वाचन आयोगको आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन ठूलो भूमिका खेलेको उल्लेख गर्दै उनले आचारसंहिताको सूक्ष्म कार्यान्वयन, सामाजिक…

"निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन"

चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

हरिबोधिनी एकादशी तथा तुलसी विवाहका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।  उक्त मन्दिरमा प्रत्येक वर्ष आज कार्तिक शुक्ल एकादशीको दिन मेला लाग्ने गरेकामा  बिहानै नुहाइ धुवाइ गरी चोखो भएर घरको मूलढोकामा कपुर पानीसमेत छर्केर चाँगुनारायण दर्शनका लागि जाने परम्परा छ । उक्त मन्दिरमा  दर्शनपछि घर–घरमा लगाइएको तुलसी नारायणको विधिवत् रुपमा पूजा गरिन्छ । पूजामा तुलसी नारायणलाई सयपत्री फूलको माला लगाई सखरखण्ड, पिँडालु र खीरको भोजन चढाइन्छ । त्यसैगरी आजै भक्तपुर नगरपालिकास्थित…

"चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो"

महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै

निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ ।  निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुरूप कात्तिक १७ देखि निर्वाचनका लागि उम्मेदवार र दलले खुला प्रचार गर्न पाउने अवधि सुरु भएपछि यहाँ चुनावी चहलपहल ह्वात्तै बढेको हो । निर्वाचन क्षेत्रका बस्ती बस्तीमा दल र उम्मेदवारका निर्वाचन चिह्नका प्रचार गीत र नाराका स्वर सुनिन थालेका छन् । दल र उम्मेदवारले समूहमा घरदैलो र बस्ती बस्तीमा कोणसभाका कार्यक्रम अघि बढाएका छन्…

"महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै"