जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

"जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो"

दर्ता नभएका सामाजिक सञ्जालहरु नेपाल टेलिकम र एनसेलद्वारा बन्द

काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ। टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो । ‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२÷०५÷१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण…

"दर्ता नभएका सामाजिक सञ्जालहरु नेपाल टेलिकम र एनसेलद्वारा बन्द"

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ…

"शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?"

सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ । यस निर्णयका कारण कति नेपालीको…

"सामाजिक सञ्जाल बन्दको निर्णय तुरुन्त सच्याउन शेखर कोइरालाको माग"

वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द

काठमाडौं । सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो । वल्र्डलिंकले जारी गरेको सूचना अनुसार ‘नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९ २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १२, २०८२ को मन्त्रालयस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई…

"वल्र्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द"

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो । यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक,…

"झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला"

चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउँने कांग्रेसको तयारी

काठमाडौं । पूर्वकोषाध्यक्ष चित्रलेखा यादवलाई नेपाली कांग्रेसले अस्ट्रेलियाको राजदूत बनाउने तयारी भएको छ । सत्ता गठबन्धनमा राजदूत भागबन्डा गर्दा अस्ट्रेलिया कांग्रेसको भागमा परेको हो । कांग्रेसले त्यसका लागि संवैधानिक परिषद्‌बाट निर्णय गर्ने गरी प्रधानमन्त्रीसमक्ष नाम सिफारिस गरेको छ ।पूर्वकोषाध्यक्ष यादव हाल कांग्रेसको केन्द्रीय सदस्य छिन् । कांग्रेसकै कोटामा सरकारले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको विषयमा समस्या देखिएपछि उनको नाम संसदीय समितिमा सुनुवाइका लागि नै पठाइएको थिएन ।

"चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूत बनाउँने कांग्रेसको तयारी"

राष्ट्रसंघको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने

न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँ : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसंघको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदै छ । राष्ट्रसंघको महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आउँदो असोज ८ गतेदेखि गरिनेछ । उक्त छलफल असोज १२ गतेसम्म गरिने र समापन असोज १४ मा हुने कार्यतालिकामा उल्लेख छ । म्बदगच ल्भउबिल्क्ष्ऋ ब्कष्बनेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा…

"राष्ट्रसंघको महासभा भोलिदेखि, प्रधानमन्त्री ओलीले असोज १० मा सम्बोधन गर्ने"

अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तीजको समापन

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन्…

"अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर तीजको समापन"