प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलका लागि बोलाएका छन् । बुधबार बिहान ९ बजे प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्नको लागि उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् । दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ । दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।

"प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख"

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि रु १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य करिब रु २५ करोड १० लाख बराबर हुन्छ । यसमा सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० र अधिकतम…

"श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन"

मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन

रामेछाप । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ ।वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा ल्याब सेवा, चिकित्सक परामर्श र आवश्यक औषधि वितरणसम्मका सबै सेवा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ‘प्रत्येक सोमबार बिहान स्वास्थ्यकर्मीहरूको टोलीले…

"मन्थलीमा हरेक सोमबार निःशुल्क पूर्ण शरीर स्वास्थ्य परीक्षण सेवा सञ्चालन"

एशियन कंक्रिटो लिमिटेडद्वारा आईपीओ जारी गर्न साधारण सभा आह्वान

काठमाडौं । एशियन कंक्रिटो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि आगामी कात्तिक १९ गते साधारण सभा आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको असोज २८ गते बसेको बैठकले नवलपरासीस्थित कम्पनीको कार्यालयमा दिनको १२ः३० बजेबाट सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गरिनेछ । सो अवसरमा सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये सम्बन्धित क्षेत्र…

"एशियन कंक्रिटो लिमिटेडद्वारा आईपीओ जारी गर्न साधारण सभा आह्वान"

काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २६ लैनचौर क्षेत्रमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको जडान कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको छ । वडाध्यक्ष तथा महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले लैनचौरस्थित वडा कार्यालयमा नम्बर ०९–लक्ष द्रव्य ६१११ को ठेगाना प्लेट जडान गर्दै सो प्रणालीको शुभारम्भ गरेका हुन् । प्रारम्भिक चरणमा लैनचौर क्षेत्रका अल्का बस्ती मार्ग र लैनचौर मार्गमा डिजिटल प्लेट जडान गरिने योजना रहेको छ।वडाले आर्थिक वर्ष २०८१÷८२ मा सार्वजनिक…

"काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी"

हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका चार जनाले आफूहरूको हस्ताक्षर फिर्ता नभएको स्पष्ट पारेका छन् । मोरङका चारजना महाधिवेशन प्रतिनिधिहरूले सुरुमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेपनि जिल्लाका पदाधिकारीहरूले आफूहरूलाई झुक्याएको आरोप लगाएका छन्। पदाधिकारीहरूले विशेष महाधिवेशनका लागि भन्दै नियमित महाधिवेशनमा हस्ताक्षर गराएकाले फिर्ता लिएको उनीहरूको भनाइ छ । मोरङको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि निरा कट्टेल तथा जानकी कुमारी केवरत र मोरङ ५ का महाधिवेशन प्रतिनिधि जिरालाल मण्डल तथा बिमलादेवी…

"हस्ताक्षर फिर्ता गराइएका चारजना विशेष महाधिवेशनकै पक्षमा"

चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ५ गतेबाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्तिकै रहेको छ । प्रेम भावको उक्त गीतको भिडियोलाई पुर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । चिरागको यसअघि…

"चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक"

विश्वकप छनोट : कतारसँग नेपाल ५ रनले विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि विजयी हासिल गरेको छ। सोमबार ओमानमा जारी खेलमा नेपालले कतारमाथि ५ रनले विजयी हासिल गरेको हो ।नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी हुन सफल भयो । हिजो भएको खेलमा स्पिनर सन्दीप लामिछानेले ३।५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै, नन्दन यादव…

"विश्वकप छनोट : कतारसँग नेपाल ५ रनले विजयी"

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के.स. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ…

"लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका"

एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास

२२ वर्षको यात्रा केवल उपलब्धिको कथा होइन । यो राष्ट्रिय उत्तरदायित्वको प्रतिक पनि हो । एनआरएनएले विश्वका नेपालीहरूलाई एउटा साझा पहिचान दिएको छ । यसको पाँच उद्देश्य—विकासमा सहभागिता, विश्वभरका नेपालीहरूको सुरक्षा, आपसी सञ्जाल सुदृढीकरण, संस्कृति संरक्षण र लगानी प्रवद्र्धन अझै पनि सान्दर्भिक छन् ।भीम उदाससंस्थापक–एनआरएनए एनआरएनए विभाजित हुनुमा राजनीति मात्र होइन् अभियन्ताहरु बढी जिम्मेवार छन् :गैरराजनीतिक संस्थामा राजनीतिक प्रभाव बढ्नुमा एनआरएनएहरु स्वयम दोषी छन्विदेशमा सफल भएका नेपाली स्वदेशमा लगानी गर्न असहज मानिरहेका छन्काठमाडौं । गैरआवासीय…

"एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास"