अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रमबढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

काठमाडौं । जिल्लाप्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइठगी गर्ने अपराधबढिरहेको भन्दै सचेत रहनआग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइअग्रीम रकमभुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनीव्हाट्सएपकलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पीलिइखाताह्याक गरी ठगीगर्ने जस्ता अपराधबढिरहेको जिल्लाप्रहरी परिसर काठमाडौंले एक सूचनामार्फत जानकारी दिएको हो । नेपालप्रहरीले कुनैपनिव्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पीदिने जस्ता कामनगर्न भन्दै ठगीहुनबाटबच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपालप्रहरी १००, ट्राफिकप्रहरी १०३, जिल्लाप्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र…

"अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रमबढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध"

जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन। देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो ।…

"जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी"

कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं

काठमाडौं । नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो । भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।थापालेविशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन् । उनलेविशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ्ग पुच्छर नभएको बताए । उनले भने, ‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो । त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान…

"कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं"

जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जेनजी आन्दोलनका सबै घटनाको जिम्मेवारी राजनीतिक दलले नै लिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि सम्मेलन २०८२’ अन्तर्गत ‘बदलिँदो राजनीति ः सच्चिदै कि सक्किदै दल ?’विषयमा आयोजित बहस कार्यक्रममा बोल्दै उनले जनताको भावना अनुसार काम गर्न नसक्दा हालको जटिल अवस्था जन्मिएको स्पष्ट पारे । उनले भने, ‘जेनजी आन्दोलनको घटनाको सबै जिम्मेवारी हामी राजनीतिक दलहरूले नै लिनुपर्छ । पाँच…

"जेनजी आन्दोलनको सम्पूर्ण जिम्मेवारी राजनीतिक दलले लिनुपर्छ : सन्तोष परियार"

सञ्चारमन्त्री खरेलद्वारा नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । काठमाडौं उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् ।सो अवसरमा उनले नयाँबसपार्कसहित काठमाडौं उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए । ‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ । यसलाई विस्तारै उपत्यकाबाहिर पनि…

"सञ्चारमन्त्री खरेलद्वारा नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ"

निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको थियो । छलफलका क्रममा अध्यक्ष अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, ‘जेनजी आन्दोलन’पछिको आर्थिक प्रभाव, लगानी वातावरण, नीति तथा कानूनी सुधारका…

"निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल"

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ्ग सेवा, डिजिटल÷नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा…

"ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल"

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १ करोड सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु। १ करोड आर्थिक सहयोग प्रदान गरेको छ। यो सहयोग गत भाद्र २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन र आन्दोलनका क्रममा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि प्रदान गरिएको हो। उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक श्री प्रज्वल सायमीले अर्थ मन्त्री श्री रामेश्वर…

"नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु १ करोड सहयोग"

एनएमबी बैंक शिक्षा कर्जा : १००% शुल्क कवरेज र १५ वर्षको भुक्तानी सुविधा

काठमाडौं। गुणस्तरीय शिक्षामा लगानी गर्न चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै एनएमबी बैंक (ल्ःद्य द्यबलप) ले ‘एनएमबी एजुकेशन लोन’ योजना सञ्चालनमा ल्याएको छ। यस विशेष कर्जा योजना स्वदेश तथा विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने नेपालीहरूलाई पूर्ण वित्तीय कवरेज, लचिलो भुक्तानी अवधि, र मोराटोरियम सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। उच्च वित्तीय कवरेज र लचिलोपन बैंकका अनुसार, यो कर्जा योजना अन्य बैंकहरूको तुलनामा बढी आकर्षक देखिएको छ। अधिकतम कर्जा सीमाः बैंकले धरौटी (ऋयििबतभचब)ि को बजार…

"एनएमबी बैंक शिक्षा कर्जा : १००% शुल्क कवरेज र १५ वर्षको भुक्तानी सुविधा"

नेपाल एसबिआई बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष, श्री वेंकट वंसीधर कुंचाद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कूमार तिवारी, संचालक, श्री रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश…

"नेपाल एसबिआई बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न"