काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।नवनियुक्त राज्यमन्त्री नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए ।
आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।











