आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाको दिन सोमबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ।
दसैँको अन्तिम दिन सोमबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ।











