खेलाडीहरू राष्ट्रका गहना हुन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरू राष्ट्रका गहना भएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पारालम्पिकमाकांस्य पदक विजेता पलेशागोवर्धनलाई सम्मान गर्दै देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेसले खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गरिरहेको पनि बताए । सभापति देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको बताए ।

पलेशागोवर्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीहरूको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस्, देउवाले भने ।

कांग्रेसले सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख ५० हजार र कांस्य पदक विजेता खेलाडी पलेशालाई पाँच लाख नगदसहित सम्मान प्रदान गरेको छ ।