गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा आज बिहान ठूलो हिमपहिराे खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ ।
स्थानीयले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुन सक्ने अवस्था रहेको बताए । ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो, ‘तर, अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्याएको जानकारी आएको पाठकले बताए ।











