काठमाडौं । नेपालकम्युनिस्टपार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ ।
बुधबार पार्टीका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामागठनभएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्तभएको बताएकाछन् ।
उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘सबै राजनीतिकपार्टीहरु नयाँखालकाएकता र मोर्चाबन्दिमा सहभागिबन्दै छन् । व्यापक स्तरमा नयाँबहसहरु आवश्यक बनेका छन् र बढिपनि सकेका छन् । समाजवादी मोर्चामा आबद्धतीनपार्टीहरुले एकतागरेर नेपालीकम्युनिस्टपार्टी बनाइ सकेका छन् । यस्तो स्थितिमाआजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्तभएको नेकपाको निस्कर्ष छ ।
’उनले समाजवादी मोर्चाको औचित्य समाप्तभएको भन्दै नेकपा समाजवादी मोर्चाबाटअलगभएको जानकारी गराएकाहुन् । उनले मोर्चाले केहीमहत्वपूर्ण कार्यक्रमहरु गरेपनिजुन रफ्तारमा कामहरु बढाउनु पर्ने थियो त्यो संभवनबनेको समेत बताए ।











