सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौं। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशतपुगेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमाविस्तार गर्न दुई प्याकेजमाविभाजन गरी कामभइरहेको छ ।

यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हालदुवै प्याकेजको निर्माण धमाधमभइरहेको छ ।

ऊर्जा, जलस्रोत तथासिँचाइ, भौतिकपूर्वाधार तथायातायात र शहरी विकासमन्त्रीकुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् । निर्माण प्रगति, समस्या लगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी मन्त्री घिसिङलले काम गर्ने अहिले अहिले उपयुक्त मौसम रहेकाले निर्माणलाई तिब्रता दिनआग्रह गरे ।

उनले आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भएती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालितभई आगामी असार भित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजनानिर्माणमा बजेट अभावनहुने उनले उल्लेख गरे ।

सडक सीमाविवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावितभएको थियो । आयोजनाकालागिचालु आर्थिक वर्षमा ७० करोड रुपैयाँमात्रविनियोजन गरिएको छ । आयोजनाले करिब ४ अर्ब रुपैयाँथप बजेट माग गरेको छ ।

मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरी बनेपाबजार क्षेत्रमा सडक विस्तारमा देखिएको समस्या समाधानकालागिआवश्यक सहयोग र सहजीकरण गरिदिनपनिआग्रह गरे ।

दुर्व प्याकेजमा टेवापर्खाल तथानालीनिर्माण प्रगति ९५ प्रतिशत रहेको छ । साँगा—धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।