“संसदीय अभ्यासमा हामीले अमिल्दो प्रयोग गर्दै आइरहेका छौँ :ठाकुर गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सत्तामा रहँदा कानमा तेल हालेर बस्ने, प्रतिपक्षमा हुँदा क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने’ बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो बताएका हुन् ।

“संसदीय अभ्यासमा अमिल्दो प्रयोग हामीले गर्दै आइरहेका छौँ । सरकारमा बसेको बेला, सत्तापक्षको बेन्चमा बसेको बेला देशमा जतिसुकै समस्या परून्, विकास नहोस्, भ्रष्टाचार होस्, बेथिति बढून्, कानमा तेल हालेर बस्ने । त्यसमा कुनै चासो नराख्ने,” उनले भने, “तर, प्रतिपक्षमा पुग्नासाथ भयंकार क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्दछ ।”