तारा न्यौपाने
“Mental health is a universal human rights” भन्ने नाराका साथ मनाइदै गरेको आजको विश्व मानसिक स्वास्थ्य दिवस को अवसरमा यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्य , मानसिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य शिक्षाको बारेमा ज्ञानको निकै कमी छ ।
के हो मानसिक स्वास्थ्य-
सामान्यतया आफ्नो क्षमताको पहिचान गरेर,दैनिक रुपमा आइपर्ने तनावहरु व्यवस्थापन गरेर , उत्पादनशिल काम गर्न र समाजलाइ योगदान गर्न सक्ने गरी मानसिक रुपमा स्वस्थ्य रहनु नै मानसिक स्वास्थ्य हो।सही तरीकाले समुदायमा घुलमिल गर्न मिलीजुली दैनिक कार्य सम्पादन र व्यवस्थापन गर्न,समाजमा र वातावरणमा आएका/हुने परिवर्तनहरुलाइ स्वीकार गर्न ग्रहण गरेर आगाडी बढ्न सक्ने हुनु मानसिक रुपमा स्वस्थ हुनु हो ।यिनै कार्य हरु गर्न नसक्ने अवस्था आयो भने हामी यसैलाइ मानसिक स्वास्थ्य समस्या भनेर बुझ्न सक्छौं।
मानसिक स्वास्थ्यमा समस्या उत्पन्न हुने धेरै कारणहरु हुन्छन्। मुख्यतया
-जैविक कारण
-मनोवैज्ञानिक कारण
-सामाजिक कारण
-भावनात्मक कारण हुन्।
नेपालको सन्दर्भमा कुरा गर्दा मानसिक स्वास्थ्यको बारेमा सरकारी स्तरबाटै अति न्युनस्तरमा मात्र यो विषयमा सम्बोधन भएको पाइन्छ।यसमा चाहे बजेटको कुरा गरौं ,अस्पताल र स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मी हरुको कुरा गरौ ,शिक्षा क्षेत्रमा नै हेरौं । हाम्रो समाजमा जति मानसिक स्वास्थ्य समस्याहरु देखीएका छन् त्यो अनुपातमा यसको लागी सरकारी स्तरबाट प्राप्त हुनु पर्ने योजना र योजना कार्यन्वयनको अवस्था निकै दयनिय नै छ तथापि सुधारात्मक चै जरुर छ ।
हाम्रो समाजमा वर्तमान अवस्थामा सबै भन्दा धेरै देखीएको मनोसामाजिक समस्या नियाल्दा एन्जाइटि र डिप्रेसन सबै भन्दा अगाडी आउने रहेछ ।प्रत्येक दिन समाचारमा सुनिने र समुदायमा देखीने आत्महत्याका केसहरु हेर्दै गर्दा यस्तै समस्याहरु तिर इगिंत गरेको देखीन्छ।मानसिक स्वास्थ समस्याहरु धेरै प्रकारका हुन्छन्। त्यसमध्ये
–Anxiety
-Depression
-Schizophrenia चै कमन समस्याहरु हुन्। यी समस्याहरुको पनि बिभिन्न प्रकारहरु छन्।हाम्रो घरपरिवार छरछिमेक र समुदायमा अहिले पनि यि समस्या भैरहेका धेरै व्यक्तिहरु हामी भेट्न र देख्न सक्छौं।हाम्रो समाजमा मानसिक स्वास्थ्यमा देखीने समस्यालाई गलत तरिकाले बुझ्ने र व्याख्या गर्ने गरेको कारण यस्ता समस्या सॅंग संघर्ष गरिरहेका व्यक्तिहरुले आफ्नो समस्या खुलेर परिवार साथीभाइ आफ्ना आफन्त सॅंग राख्न सक्दैनन् ।जसले गर्दा समस्या समयमा समाधान हुन पाउॅंदैन।
कस्ता कस्ता छन् त गलत बुझाइहरुः-
-कमजोर मान्छेलाइ मानसिक स्वास्थ्यमा समस्या देखीन्छ।
-मानसिक स्वास्थ्य समस्या असफलताको प्रतिक हो।
-नकारात्मक सोच को कारण हुने समस्या हो ।
यदि समस्या पहिचान भैहाले पनि फेरी गलत बुझाइ नै अगाडी आउॅंछ।
-मानसिक स्वास्थ्यमा समस्या हुनु भनेको पागल हुनु हो ।
-मानसिक स्वास्थ्य समस्या कहिल्यै ठिक नहुने समस्या हो।
-मानसिक स्वास्थ्य समस्याको कारण प्रयोग गरिएको औषधी आजिवन खानु पर्छ।
-मानसिक स्वास्थ्य समस्या भएका व्यत्तिहरु भरोसा योग्य हुदैनन् ।
यि र यस्तै अनेक गलत बुझाइका कारण यस्ता समस्यामा परेका व्यक्तीहरुले आफुलाइ भैरहेको समस्या खुलेर अरु सॅंग राख्न भन्न सक्दैनन्।सबै भन्दा पहिले उ स्वयं लाइ मलाइ के भएको छ भनेर स्वीकार गर्न गाह्रो हुन्छ ।त्यसपछी परीवारले पनि हैन केही भएको छैन ।नकारात्मक कुराहरु सोचेर हो नसोच् भन्ने हुनाले परिवार सॅंग पनि संघर्ष गर्नु पर्छ। यदि आफु र परीवार बाट डाक्टर सम्म पुग्दा पनि पहिले साइक्याट्रिक डक्टर साइकोलोजिस्ट सम्म त्यो व्यत्ति पुग्न सकेको हुदैन र त्यहा पनि अर्को संघर्ष गर्नु पर्छ ।
यसरी समस्या पहिचान भएर उचित उपचार र सहयोग पाउनकै लागी एउटा लामो संघर्ष गर्नु पर्छ ।त्यो समय सम्म समस्यामा रहेको व्यक्तीको १५-१८ महिना भन्दा बढी बिती सकेको हुनेपहेछ । उपचार र सहयोगको स्तरमा पनि समस्या त्यस्तै छ डाक्टर काउन्सीलर र सहयोगीहरुको संख्या समस्यामा रहेका व्यत्तिहरुको अनुपातमा नेपालमा निकै कम छ।
त्यसैले हाम्रो वरपर परिवार आफन्त छरछीमेकी साथिभाइ र चिनजानका व्यक्तीमा यस्ता किसीमका समस्या देखीएमा उचित सहयोग दिन पछी हट्नु हुदैन ।उसको कुरा सुन्ने , कुनै धारणा नबनाउने र सके सम्म उसलाइ सहज वातावरण दिन कोशिश गर्ने , उचित परामर्श दिने मेडीकेसन र विभिन्न थेरापीहरुको माध्यमबाट यि समस्याहरु समाधान हुनेकुरा बुझाउने र ति सबै सेवाहरु उपलव्ध गराउन मद्द्त गर्ने गर्नु हाम्रो कर्तव्य पनि हो । यो सबै गर्दा उसको व्यक्तीगत अधिकारहरु र गोपनियताको हकलाइ सधै ख्याल राख्नु पर्छ।
अन्तमा मानसिक स्वास्थ्यमा आउने समस्या कमजोर मानसिकताका कारण ,नकारात्मक सोचका कारण ,व्यक्तीको असफलताको कारणले नभै यो अन्य शारीरीक समस्या जस्तै समस्या हो र उचित उपचार र सहयोगको माघ्यम बाट यसलाइ ठिक पार्न सकिन्छ भन्ने कुरा नभुलौं । मानसिक स्वास्थ्य हामी सबैको अधीकारको कुरा हो त्यसलाइ नभुलौं र हाम्रो समाजमा सबैले आफुले सकेको सहयोग र योगदान गरौं।











